Nepal Purbadhar

एसियाकै सबैभन्दा ठूलो डेटा सेन्टर भारतमा बन्दै, गुगलले ५० हजार करोड लगानी गर्ने


काठमाडौं । गुगलले भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनममा एशियाकै सबैभन्दा ठूलो डेटा सेन्टर निर्माण गर्ने भएको छ । 

गुगलले १ गिगावट क्षमताको डेटा सेन्टर निर्माण गर्न लागेको हो । रोयटर्सका अनुसार गुगलले यो डेटा सेन्टर निर्माण गर्नका लागि ५० हजार करोड भारतीय रुपैयाँ लगानी गर्ने भएको छ । यसमध्ये १६ हजार करोड भारतीय रुपैयाँ भने नविकरणिय ऊर्जा उत्पादनका लागि खर्च हुनेछ ।

हाल भारतमा सबै डेटा सेन्टर गरि १.४ गिगावट क्षमताका डेटा सेन्टरहरु रहेका छन् । 

गत अप्रिलमा गुगलको मुल कम्पनी अल्फाबेटले यो वर्ष विश्वभरमा आफ्नो डेटा सेन्टरको क्षमता बढाउनका लागि ६.२५ लाख करोड भारतीय रुपैयाँ खर्च गर्ने बताएको थियो । सोही अनुरुप भारतमा पनि ५० हजार भारतीय रुपैयाँ बराबरको डेटा सेन्टर निर्माण गर्न लागेको हो । 


Read Previous

संखुवासभामा २५ मेगावाटको अर्ध-जलाशययुक्त आयोजना बन्ने, ३ वर्षमा बन्ने

Read Next

भक्तपुरमा कार्यक्रम गरि मनाइयो पहिलो कोदो दिवस

Nepal Purbadhar