Nepal Purbadhar

ओलीलाई विद्या भण्डारीको काउण्टर: पार्टी सदस्यता नवीकरण भइसकेकाले विवाद गर्नुपर्दैन


काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सदस्यता नवीकरण भइसकेकाले कसैले विवाद गर्नु नपर्ने बताएकी छिन ।


उनले पत्रकार सम्मेलन आयोजना गरेर नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई काउन्टर गर्दै आफ्नो सदस्यता नवीकरण भएकाले विवाद नगर्न आग्रह गरेकी हुन् ।


पूर्व राष्ट्रपति भण्डारीले एमालेबाट राजनीति गर्न खोजेपछि एमालेले सदस्यता नै नवीकरण नगर्ने निर्णय गरेको थियो । त्यसपछि पत्रकार सम्मेलन गरेर उनले एमालेमार्फत राजनीतिमा आएर देश र जनताको सेवा गर्ने बताएकी छन् ।


‘पार्टीको सदस्य बन्ने, पार्टीलाइ सुदृढ बनाएर देश र जनताको सेवा गर्ने र जनतालाई समृद्ध र सुखी बनाउने मेरो उदेश्य हो,’ उनले भनिन्,’ राजनीतिक दलमा आवद्ध हुन पाउनु मौलिक हक हो ।’


Read Previous

बिग्ही नदीमा बनेको पुलको प्रधानमन्त्री ओलीले गरे उद्घाटन

Read Next

सेटिङमा ६४ लाख ई-पासपोर्टको ठेक्का, योग्यता नै नपुग्ने कम्पनीलाई चलखेल गरेर दिइयो दुईटै प्याकेज!

Nepal Purbadhar