
काठमाडौं । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङतार्न शिनावात्रा निलम्बनमा परेकी छिन् ।
थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री शिनावात्रालाई निलम्बन गरेको हो ।
पुर्वकम्बोडियाली नेता हुन सेनसँग गरेको फोन संवादको अडियो सार्वजनिक भएसँगै उनीमाथि संकट आइपरेको थियो । उक्त संवादमा शिनावात्राले सेनलाई काका भनेर सम्बोधन गरेकी छिन् भने थाइल्यान्डका एक सैन्य कमान्डरको आलोचना गरेकी थिइन् ।
सो अडियो सार्वजनिक भएसँगै उनीमाथि राजीनामा गर्नुपर्ने दबाब सिर्जना भएको थियो । उनीविरुद्ध जनआक्रोश देखिएसँगै उजुरी पनि परेको थियो ।
अदालतले ७-२ को मतले शिनावात्रालाई निलम्बन गर्ने निर्णय गरेको छ । उनलाई आफ्नो बचाउ पेश गर्नका लागि भने १५ दिनको समय दिइएको छ ।