
काठमाडौं । सरकारले लोडसेडिङको सूचना स्वचालिक बनाउने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संयुक्त संसदमा प्रस्तुत गरिरहेको बजेटमा यस्तो उल्लेख गरिएको छ ।
बजेटमा उल्लेख भएअनुसार विद्युत आपूर्ति बन्द भएमा स्वचालित रूपमा सूचना पाउने प्रणाली विकास गरिने छ ।
यसरी अवरुद्ध भएको विद्युत आपूर्ति लाई तत्कालै प्राविधिक खटाएर मर्मत समेत गराईने बजेटमा उल्लेख छ ।