Nepal Purbadhar

पाँचौं संस्करणको मेरोअटो मोटर र्‍याली सम्पन्न, अटो मोटिभ्सले बाड्यो शैक्षिक सामाग्री


काठमाडौं । अटोमोटिभ्स प्रालिद्धारा आयोजित पाँचौं संस्करणको ‘मेरोअटो मोटर र्‍याली २०८१’ सम्पन्न भएको छ ।

वैशाख १९ गते काठमाडौंको नक्सालबाट सुरू भएको उक्त र्‍याली गौशला-चाबहिल-जोरपाटी-थली-साँखु-नगरकोट-कुन्ताबेँसी-जेरोकिलो-दोलालघाट हुँदै सुकुटे पुगेर सम्पन्न भएको हो ।

र्‍यालीको उद्घाटन नाडाका उपाध्यक्ष निराकार श्रेष्ठ र जिओ फोर्डका प्रबन्ध निर्देशक आकाश गोल्छाले संयुक्त रूपमा गरेका थिए ।

उक्त र्‍यालीमा ४० भन्दा धेरै कार र १०० जना सहभागी थिए । उक्त र्‍यालीमा अटोमोबाइल व्यवसायी, अटो क्षेत्रमा काम गर्ने प्रोफेसनलहरू, बैंकर, कन्टेन क्रिएटर, पत्रकार लगायतको सहभागीता थियो ।

मोटर र्‍यालीमा नेपालमा उपलब्ध अधिकांश ठूला ब्राण्डका कारहरू सहभागी थिए । यस वर्षको मोटर र्‍याली ईभीमय बनेको थियो । र्‍यालीमा सहभागी ८५ प्रतिशत बढी कार ईभी थिए ।

यो मोटर र्‍याली आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम कल्चर स्थापित, हाइवे ड्राइभिङ र व्यवसायिक नेटवर्किङ विस्तारका लागि सहयोगी भएको र्‍यालीका संयोजक उज्जल घिमिरेले बताए ।

यस वर्षदेखि र्‍यालीकै अवसरमा मरोअटोले सामाजिक कार्य समेत थालेको उनले जानकारी दिए । ‘आन्तरिक पर्यटन विकाससँगै हाइवे ड्राइभको अनुभव दिलाउन वर्षेनी मोटर र्‍याली आयोजना गर्दै आएका छौं,’ उनले भने, ‘यस वर्षदेखि हामी सीएसआरमा पनि जोडिएका छौं । यसलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिनेछौं ।’

मेरोअटोले र्‍यालीको अवसरमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-२, उखुबारीस्थित श्री कालिका आधारभूत विद्यायलका विद्यार्थीहरूलाई शैक्षिक र खेलकुद सामग्री प्रदान गरेको थियो ।

मेरोअटोले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयका ६० बढी विद्यार्थीलाई झोला, कापीकलम, फुटबल, क्यारेमबोर्ड लगायत सामग्री हस्तान्तरण गरेको हो ।

नाडाका पूर्वाध्यक्ष कृष्णप्रसाद दुलालले मेरोअटो मोटर र्‍यालीले अटोमोबाइल क्षेत्रमा नयाँ आयाम स्थापित गरेको बताए ।  ‘मेरोअटोले नेपालमा मोटर र्‍याली कल्चर स्थापित गरेको छ । जुन एकदमै प्रसंशनीय र उहादरणीय छ,’ उनले भने, ‘यस वर्ष आइपुग्दा र्‍यालीको पाँचौं संस्करण सफलतापूर्वक पूरा गरेको छ । यो यात्रा निरन्तर चलिरहोस् । सयौं सयौं संकरणसम्म पुगोस् । शुभकामना छ ।’

यस वर्षको मेरोअटो मोटर र्‍यालीको मुख्य प्रायोजक लक्ष्मी हुन्डाई रहेको थियो । त्यस्तै, बैंकिङ पार्टनर ग्लोबल आइएमई बैंक, इन्स्योरेन्स पार्टनर सगरमाथा लुम्बिनी इन्स्योरेन्स र मल्टिप्लेक्स पार्टनर आइएनआइ सिनेमा रहेको थियो ।

त्यसैगरी, सपोर्टेड बाइमा कर्भ ईभी, सीजी मोटर्स, हेनरी भोल्टस्, लीपमोटर, इसिजु, हाइगर ईभी, टोयोटा, जीकर, ओमोजारजेको, एलआर मोटर्स र अरेटे रहेका थिए ।

मेरो अटोले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा मोटर र्‍याली आयोजना गर्दै आएको छ । पहिलो संस्करणको  सन् २०२१ को काठमाडौं-सुकुटेसम्म भएको थियो ।

त्यस्तै, दोस्रो संस्करणको काठमाडौं-मूलकोट, तेस्रो संस्करणको काठमाडौं त्रिशूली र चौथौं संस्करणको काठमाडौं-सौराह भएको थियो ।


Read Previous

११ हजार भोल्टको करेन्ट बग्ने बिजुलीको पोलमा कार ठोक्किएपछि…[तस्बिरहरु]

Read Next

अप्पर अरुणले ४० मेगावाटको इखुवाखोला निर्माण गर्ने, प्रतिमेगावाट २२ करोड ८८ लाख लाग्ने