Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

शुक्लाफाँटामा एक वर्षमा ११ किलोमिटर सडक स्तरोन्नति   


कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाले एक वर्षमा ११ किलोमिटर सडक स्तरोन्नति गरेको छ । आव २०८०/८१ मा सडक ग्राभेल तथा स्तरोन्नति गरेको हो । नगरपालिकाका ग्रामीण क्षेत्रका सडकको स्तरोन्नति हँुदा कृषिउपज बजारसम्म ढुवानी गर्न सहज भएको छ ।

नगरपालिकाका १२ वटै वडाका सडक स्तरोन्नति गर्ने, खाल्डाखुल्डी पुर्ने काम भइरहेको नगरपालिकाका पूर्वाधार विकास शाखाका प्रमुख दिपक धामीले बताउनुभयो । उहाँका अनुसार आव २०८०/८१ मा नगरपालिकाले १७ .४ किलाेमिटर सडक ग्राभेल गरेको छ । ११.३५ किलाेमिटर सडक स्तरोन्नति गरिएको छ । सडक नभएका क्षेत्रमा ९.९४ किलोमिटर सडक ट्रयाक खोलिएको छ ।

नगरपालिकाको आर्थिक स्रोत थोरै हुँदा सडक कालोपत्र करिब १ किलाेमिटर मात्र गरिएको छ । सडक छेउमा पानी निकासका लागि नाली निर्माण गरिएको छ । विगतमा वर्षाका बेला नगरपालिकाका ग्रामीण क्षेत्रमा सडक सुधार नहुँदा हिलाम्मे हुने गरेका थिए । नगरपालिकामा जनप्रतिनिधि आएपछि सडक सुधार नगरिँदा आवागमनमा सुविधा भएको स्थानीय रामबहादुर डगौराले बताउनुभयो ।

“ग्राभेल मात्रै नगरपालिकाले विगत सात वर्षदेखि गर्दै आएको छ”, उनले भने, “यो पहिला पनि हुन्थ्यो, अब सडक कालोपत्र गरिनुपर्छ, नगरपालिकाको आन्तरिक बजेटले नभ्याउने भए प्रदेश र संघीय सरकारलाई गुहार्नुपर्छ ।”


Read Previous

पाइप बगेपछि बागलुङ बजारमा खानेपानी अभाव   

Read Next

अवरुद्ध बेनी–दरबाङ सडक १० दिनपछि खुल्यो   

Leave a Reply

Your email address will not be published. Required fields are marked *