Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानमा लाग्नेछु: मन्त्री यादव   


काठमाडौँ ।  नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्याको दिगो समाधान गर्न लागिपर्ने बताएका छन् ।

साेमबार सिंहदरबारस्थित मन्त्रालयमा पदवहालीपछि उनले मेलम्चीमा देखिएको चुनौती समाधान गरेर बाह्रै महिना खानेपानी उपलब्ध गराउने गरी काम गर्ने बताए ।

“मेलम्ची खानेपानी आयोजना यतिबेला बन्द छ, अब बाह्रै महिना, २४ घण्टा मेलम्चीको पानी ल्याउने गरी काम गर्नुपर्नेछ”, उनले भने, “खानेपानीको क्षेत्रमा बजेट कम भयो भनेर नआत्तिनुस् बजेट व्यवस्थापन गर्नेछु, सबै मिलेर खानेपानी समस्या समाधानमा लागौँँ ।”

जलवायु परिवर्तनलगायतका कारणले जमिनमुनी पानीको सतह घट्ने, पानीको स्रोत सुक्नेलगायत समस्या देखिन थालेको बताउँदै मन्त्री यादवले सबै मिलेर उल्लेखित समस्या समाधानका उपाय खोजिनुपर्नेमा जोड दिए ।

“उपत्यकामा मात्रै होइन, खानेपानीको समस्या तराईलगायत अन्य क्षेत्रमा पनि बढ्न थालेको छ । अब मेलम्चीलगायत अन्य खानेपानी आयोजना तर्जुमा गरेर जनतामा पानीको सहज पहुँच पुर्‍याउन लागिपर्ने छु,”उनले भने ।


Read Previous

पूर्वाधार निर्माणलाई तीव्र गतिमा अगाडि बढाउनेछुः मन्त्री दाहाल   

Read Next

पेट्रोलियम प्रतिलिटर ४ रुपैयाँ महंगियो, डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढ्याे 

Leave a Reply

Your email address will not be published. Required fields are marked *