Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

दैलेखकाे महाबु गाउँपालिकाका ३ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण


काठमाडाैं । दैलेख जिल्लाकाे महाबु गाउँपालिकामा पर्ने ३ वटा गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेको छ । नेपाल विद्युत् प्राधिकरण, दैलेख वितरण केन्द्रले गाउँपालिकाकाे वडा नम्बर-५ काे बडाबन र गाेर्ती तथा वडा नम्बर-३ काे सुवाकाेट गाउँमा वितरण लाइन विस्तार गरी ३ वटा ट्रान्सफर्मर जडान गरेर विद्युत पहुँच पुर्याएकाे हाे ।

विद्युत पहुँच पुगेपछि गाउँका ३०० बढी घर झिलिमिली भएकाे प्राधिकरण दैलेख वितरण केन्द्र प्रमुख नरेश रावलले बताए । उनका अनुसार यी गाउँमा मध्यम र तल्लाे भाेल्टेज स्तरका विद्युतीय संरचना निर्माण गरी विद्युतीकरण गरिएकाे छ ।

उनले अन्य घरमा पनि विद्युत सेवा लिनका लागि वायरिङ गरिरहेकाे बताए । बसाईसराईको चपेटामा पुगेको गाउँपालिकाकाे ग्रामीण बस्तीहरूमा विद्युत पहुँच पुगेसँगै बसाईसराई नियन्त्रण हुने अपेक्षा गरिएको छ ।

पूर्वाधार तथा यातायातको सेवा नपुगेकाले बसाईसराईको चपेटामा पुगेको गाउँमा विद्युत पहुँच पुगेसँगै  केही हदसम्म गाउँमै बस्ने वातावरण सिर्जना भएको स्थानीयबासीको भनाई छ ।

तत्कालिन अवस्थामा पर्याप्त मात्रामा विद्युत् खपत हुने सम्भावना नदेखिए पनि गाउँलाई विकासको नयाँ उचाईमा पुर्याएको अनुभूति भएको जनप्रतिनिधिहरूले बताए । पटकपटक कहिले आफै त कहिले जनप्रतिनिधिहरूबाट बत्ती कहिले बल्छ ? भन्ने गुनासो सहितको चासो कार्यालयमा आउने भएकोले गाउँको बिजुलीको आवश्यकतालाई आधार मानेर विद्युतीकरणको कामलाई तिव्र गतिमा अघि बढाएको केन्द्रले जनाएको छ ।


Read Previous

सुनकोसी मरिन परियाेजनाकाे सुरुङ खन्न ५१० मिटर बाँकी,बैशाख २६ मा ब्रेक थ्रुकाे तयारी   

Read Next

सानिमा समूहले लगानी गरेकाे मध्यतमोरबाट परीक्षण विद्युत उत्पादन सुरु

Leave a Reply

Your email address will not be published.