Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

सुस्तापूर्वकाे धौवादी गाउँमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच


नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका-५ धौवादी गाउँमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीकरण विस्तार गरी गाउँमा विद्युत पहुँच पुर्याएकाे हाे ।

जिल्लाको पहाडी क्षेत्रमा विद्युत् सेवा विस्तार गर्ने गरी बुलिङटार गाउँपालिका-४ बोझा पोखरीमा निर्माण गरिएको विद्युत् सवस्टेशनबाट विद्युत् प्रवाह सुरु गरिएपछि धौवादी क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको हो । केही घरमा सोलर र अधिकांश घरमा टुकी बत्तीमार्फत दैनिकी चलाउँदै आएका स्थानीय राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुगेपछि अहिले सहज महसुस गरेका छन् । आफ्नो घरमा विद्युत् सेवा उपलब्ध भएपछि गाउँका सर्वसाधारण खुसी भएका छन् ।

बिजुली नहुँदा कुटानी पिसानीदेखि पढाइ लेखाइमा समस्या भोग्दै आएका स्थानीयवासीले अब भने सहज महसुस गर्न पाएको वडाध्यक्ष पदमबहादुर रानाले बताए ।  “यस क्षेत्रमा ऐतिहासिक रुद्रपुरगढीलगायतका पर्यटकीय क्षेत्र छन् । अहिलेसम्म विद्युत् सेवा नहुँदा पर्यटकको आकर्षण बढाउन सकिएको थिएन । अव गाउँको विकास र आर्थिक गतिविधि चलायमान बनाउन विद्युतीकरणले बाटो खोलिदिएको छ”, उनले भने ।

बोझा पोखरीमा ७ वर्षअघि निर्माण सुरु गरिएको विद्युत् सवस्टेशनको यसैवर्ष निर्माण पूरा भएपछि जिल्लाको पहाडी गाउँमा विद्युत् विस्तारका लागि सहज भएको विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले बताए ।

“जिल्लाको प्रगतिनगरबाट ११ हजार केभीको विद्युत् प्रवाह गरी सवस्टेशन चार्ज गरी स्थानीयस्तरमा वितरण सुरु गरेका छौँ”, उनले भने, “आयोजनामार्फत पोखरीबाट डेढगाउँ जाने बाटोको धौवादीसम्म र बुलिङटार गाउँपालिका क्षेत्रमा ११ हजार केभीको लाइन वितरण हुनेछ ।”

जिल्लाका कतिपय पहाडी क्षेत्र अझै पनि अन्धकार मै छन् । तनहुँतर्फबाट लाइन तानेर बुलिङटार क्षेत्रमा विद्युतीकरण गरिएकोमा अब यही सवस्टेशनको प्रसारण लाइन जोडिने प्रमुख मण्डलले बताए । कतिपय स्थानमा लघु जलविद्युतबाट विद्युतीकरण गरिएको भए पनि आवश्यक मागअनुसार आपूर्ति हुन सकेको थिएन । साथै लामो दूरीबाट लाइन ल्याएर विद्युतीकरण गर्दा बेलाबेलामा समस्या उत्पन्न हुने गरेको छ ।

बोझा पोखरीको सवस्टेशनबाट विद्युत् प्रवाह सञ्चालन हुँदा जिल्लाको पहाडी क्षेत्रमा विद्युतीकरणमा सहजता भएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताए । हुप्सेकोट गाउँपालिकाले उज्यालो हुप्सेकोट कार्यक्रम अन्तर्गत रु १६ करोडको बहुवर्षीय आयोजना सञ्चालन गरी पहाडी गाउँमा राष्ट्रिय प्रसारण लाइन लैजाने कार्यक्रम सुरु गरेको हो । जसअन्तर्गत गाउँपालिकाभित्रका सबै गाउँ बस्तीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको गाउँपालिका अध्यक्ष पाण्डेले बताए ।

“हुप्सेकोट गाउँपालिका वडा नं ४, ५, ६ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सेकेको थिएन, अहिले गाउँपालिका, प्रदेश र सङ्घ सरकारको संयुक्त लगानीमा सबै गाउँमा विद्युत् पु¥याउन सफल भएका छौँ”, उनले भने ।

जिल्लाको पहाडी क्षेत्र बौदीकाली, बुलिङटार र हुप्सेकोट गाउँपालिका विद्युतीकरण गर्ने गरी आयोजना सुरु गरिएको थियो । ठेकेदारले काम नगर्दा लामो समयसम्म अलपत्र बनेको सवस्टेशन निर्माण सकिएपछि अब जिल्लाको पहाडी क्षेत्रमा विद्युतीकरणको बाटो खुलेको छ । बोझा पोखरी सवस्टेशन भारतीय एटुजेड इन्फ्रा इञ्जिनियरिङ कम्पनीमार्फत सव–कन्ट्रयाक्टर त्रिपुरेश्वर र जयदुर्गे इञ्जिनियरिङले रु १२ करोडको लागतमा आयोजना निर्माण सम्पन्न गरिएको हो ।

यसअघि पुरानो बस्ती भएको गाउँ भए पनि सो क्षेत्रमा अहिलेसम्म विद्युत् सेवा नपुग्दा स्थानीयवासीले वैकल्पिक ऊर्जाकाे स्राेतमा निर्भर हुँदै आएका थिए ।


Read Previous

मेलम्चीको पानी बाह्रै महिना वितरण गर्न ‘हेडवर्क्स’ स्थानान्तरणका लागि अध्ययन सुरु

Read Next

२४ कराेड लागतमा मनहरीमा रजैया दरदरा पुल निर्माण सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *