Nepal Purbadhar

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

८ अर्बको विकास ऋणपत्र बिक्री गर्दै  नेपाल राष्ट्र बैंक,२९ गते बोलकबोल हुने


काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ । कूल ८ अर्ब रुपैयाँ बराबरको उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिन समेत पाइनेछ ।

ब्याजदर समेत बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने केन्द्रीय बैंकले सूचनामार्फत जानकारी गराएको छ । बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् ।

यही फागुन २९ गते अपरान्ह बोलकबोल हुनेछ । ऋणपत्रको साँवा भुक्तानी २०८८ फागुन ३० गते हुनेछ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने र त्यसमा ब्याजकर समेत लाग्नेछ ।

ऋणपत्र घटीमा ५० हजार रुपैयाँ र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्क बराबर खरिद गर्न सकिनेछ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ ।


Read Previous

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रकाे मनाेबल बढाउन नवनियुक्त अर्थमन्त्रीसँग उद्याेगी व्यवसायीकाे आग्रह

Read Next

कालीगण्डकीको बाढीबाट हुने कटान राेक्न नदी नियन्त्रण योजना कार्यान्वयन 

Leave a Reply

Your email address will not be published.