Nepal Purbadhar

ट्रंक/डेडिकेटेड फिडर विद्युत बक्यौता विवादः हुसाल स्टिलको पनि विद्युत लाइन काटियो


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत आपूर्ति लिएको थप एउटा उद्योगको लाइन काटेको छ । प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित हुलास स्टीलको विद्युत् लाइन सोमबार बिहान काटेको हो ।

उद्योगको नाममा मङ्सिरसम्मको बक्यौता रकम ४३ करोड २४ लाख रुपैयाँ रहेको छ । प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २४ उद्योगको लाइन काटेको छ ।

यसमध्ये हिमाल स्टीले बक्यौता रकम किस्ताबन्दीमा तिर्ने र त्यस बापतको पहिलो किस्ता तिरेपछि प्राधिकरणले लाइन जोडिदिएको छ । लाइन काटिएका अरु उद्योग विद्युत बक्यौता तिर्ने सहमतिमा आइसकेका छैनन् ।

प्राधिकरणको मंसिर मसान्तसम्मको तथ्यांकअनुसार ६१ औद्योगिक ग्राहकले ट्रंक लाइन र डेडिकेटेड फिडरबाट विद्युत उपयोग गरेबापतको २२ अर्ब २४ करोड रुपैयाँ तिर्न बाँकी छ ।

७ वर्षसम्म ट्रंक लाइन र डेडिकेटेड फिडरबाट सेवा लिएका यी उद्योग महसुल तिर्न नआएपछि प्राधिकरणले गत पुस ६ गतेदेखि लाइन काट्न सुरु गरेको थियो । प्राधिकरणले बक्यौता बाँकी रहेका उद्योगको धमाधम लाइन काट्न थालेपछि उद्योगी व्यवसायी भने आन्दोलित बनेका छन् ।


Read Previous

संघीय संसद भवनको निर्माण प्रगति ७७ प्रतिशत,आगामी बजेट अधिवेशन अगाबै सम्पन्न गर्न निर्देशन

Read Next

मलंगवा र धुलिखेलमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा सञ्चालन