Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

संघीय संसद भवनको निर्माण प्रगति ७७ प्रतिशत,आगामी बजेट अधिवेशन अगाबै सम्पन्न गर्न निर्देशन


काठमाडौं । संघीय संसद भवनको निर्माण प्रगति ७७ प्रतिशत पुगेको छ । सिंहदरबार परिसरमा निर्माणाधीन संसदको १२ वटा भवनको यति भौतिक प्रगति देखिएको हो । सिंहदरबार परिसरमा प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि ठूला बैठक कक्षसहित सानाठूला गरी १२ भवन एकै साथ निर्माणाधीन छन् ।

प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको टोलीले सोमबार निर्माणाधीन भवनको अवलोकन गरेको छ । सो अवसरमा सहरी विकासमन्त्री सीता गुरुङले भवन निर्माणमा देखिएको चुनौती, समाधानका लागि गरिएका प्रयास र हालसम्मको प्रगतिबारे संसदीय टोलीलाई जानकारी गराइन् ।

निर्माणाधीन संसद भवनको हालसम्मको भौतिक प्रगति ७७ प्रतिशत पुगेको उनले समितिका पदाधिकारी सांसदहरूलाई जानकारी दिइन् । अवलोकनका क्रममा मन्त्री गुरुङले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै पहिलो प्राथमिकतामा राखेर संघीय संसदको नयाँ भवन निर्माण अघि बढाएको बताइन् ।

“भवन निर्माण कार्य अघि बढाउने सिलसिलामा आएका चुनौतीलाई पन्छाएर ५० प्रतिशतबाट बढाएर अहिले भौतिक प्रगति ७७ प्रतिशत पु¥याइएको छ”, मन्त्री गुरुङले भनिन् , “छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । समस्याको पहिचान र समाधानका लागि अहोरात्र प्रयास गरिराखेका छौं ।”

भ्याट बाहेक ६ अर्ब ९२ करोड रुपैयाँ लागतमा अघि बढेको संसद भवन निर्माण परियोजनाको वित्तीय प्रगति ६८.१ प्रतिशत पुगेको छ । यो संसद भवन निर्माणका लागि हाल दैनिक ३ सयभन्दा बढी कामदार खटिएको आयोजना कार्यालयले जनाएको छ ।

लक्ष्यअनुरुप नै जिम्मेवारी पूरा गर्न दु्रत गतिमा काम गरिरहेको बताउँदै मन्त्री गुरुङले भवनको जिम्मेवारीलाई पूरा गर्न निर्माण तथा अनुगमनलाई नियमित गर्दै चुस्त बनाइएको जानकारी दिइन् ।

समिति सभापति रामहरि खतिवडाले पहिले नै तयारी हुनपर्ने भवन कोभिड–१९ सङ्क्रमणलगायत विभिन्न कारण र परिस्थितिले निर्माण प्रभावित हुँदैआएको प्रतिक्रिया दिए । कठिन मानिएको दुवै सदनको सभाकक्षको छानाको कार्य अघि बढिसकेको पनि त्यस अवसरमा जानकारी दिइएको थियो ।

“भवन निर्माणको हालको कार्य प्रगति सन्तोषजनक छ । मन्त्रिसहितको टोलीबाट भइरहेको मेहनत र प्रयासलाई धन्यवाद दिन्छौं । आगामी बजेट अधिवेशन यो भवनबाट सुरु गर्ने गरी सम्पन्न गर्ने वातावरण बनाउनका लागि अनुरोध गछौंैं ,”खतिवडाले भने ।

दुई सत्रमा कामदार खटाएर छिटोभन्दा छिटो काम पूरा गर्न निर्देशन दिइएको बताउँदै उनले आजसम्मको प्रगतिलाई हेर्दा निर्धारित समयमा निर्माण सम्पन्न गर्नाका लागि थप मेहनत गर्नुपर्ने देखिएको उल्लेख गरे ।

प्रतिनिधिभाको भूइँ तलाको भित्री निर्माण र प्लास्टरको काम अन्तिम चरणमा पुगेको तथा अरु कार्य भने तदारुकताका साथ अघि बढिरहेको छ । आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार आयोजनाको भौतिक प्रगति ७७ प्रतिशत पुगेको र पछिल्लो सम्झौता बमोजिम आगामी चैत १५ गतेसम्म ठेकेदार कम्पनीले संसद भवन हस्तान्तरण गरिसक्नु पर्नेछ ।

अत्याधुनिक सुविधा सम्पन्न र विश्वमै उत्पादन भएका नयाँ प्रविधि जडान गरिने भनिएको संसद भवन निर्माण सहरी विकास तथा भवन निर्माण विभाग मातहतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयबाट भइरहेको छ ।


Read Previous

ट्रंक लाइन र डेडिकेटेड फिडरको विद्युत बक्यौता उठ्ने र उद्योग चल्ने विकल्पमा जानुपर्छः प्रधानमन्त्री दाहाल

Read Next

ट्रंक/डेडिकेटेड फिडर विद्युत बक्यौता विवादः हुसाल स्टिलको पनि विद्युत लाइन काटियो

Leave a Reply

Your email address will not be published.