Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

पुँजीगत खर्चको तुलनामा ऋणको साँवाव्याज भुक्तानी करिब तीन गुणा बढी


काठमाडौ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा सरकारले गरेको पुँजीगत खर्चको तुलनामा सोही अवधिमा भएको सार्वजनिक ऋणको साँवाव्याज भुक्तानी दायित्व करिब तीनगुणा बढी देखिएको छ । सरकारी ऋण बर्सेनि बढ्दै गएसँगै त्यसको साँवा र ब्याज भुक्तानीका लागि हुने खर्च पनि बढ्दै गएको हो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक १२ गतेसम्ममा सरकारले २५ अर्ब ७८ करोड ९० लाख रुपैयाँ बराबर पुँजीगत खर्च गरेको छ । त्यस्तै गत असोज मसान्तसम्ममा सरकारी ऋणको साँवाब्याज तिर्न ६७ अर्ब ७० करोड ७१ लाख रुपैयाँ खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कबाट देखिन्छ । यो अवधिमा भएको कुल पुँजीगत खर्चको तुलनामा सरकारी ऋणको साँवाब्याज तिर्न भएको खर्च करिब तीन गुणाले बढी हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको असोज मसान्तसम्मको सरकारी ऋणको विवरणअनुसार यो अवधिसम्ममा आन्तरिक ऋणको साँवा ४२ अर्ब ८४ करोड १७ लाख र ब्याज रू १३ अर्ब ७१ करोड ५० लाख ब्याज गरी कूल ५६ अर्ब ५५ लाख ६७ लाख रुपैयाँ बराबर भुक्तानी भएको छ ।

त्यस्तै, बाह्य ऋणको  आठ अर्ब ७० करोड ३६ लाख साँवा र रू दुई अर्ब ४४ करोड ६८ लाख ब्याज गरी कूल  ११ अर्ब १५ करोड चार लाख बराबर भुक्तानी भएको छ । त्यस्तै चालु आर्थिक वर्षको तीन महिना अवधिमा नेपालले  ९७ अर्ब ३१ करोड बराबर आन्तरिक र रू नौ अर्ब ४७ करोड ८० लाख बाह्य गरी कूल रू एक खर्ब छ अर्ब ७८ करोड ८० लाख बराबर ऋण लिएको छ । योसँगै नेपालको कूल सार्वजनिक ऋण  २३ खर्ब ५४ अर्ब ५९ करोड ५१ लाख पुगेको कार्यालयले जनाएको छ । गत असोज मसान्तसम्ममा नेपालले  ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख आन्तरिक र  ११ खर्ब ७१ अर्ब दुई करोड ३१ लाख रुपैयाँ बाह्य ऋण तिर्न बाँकी देखिएको हो ।

अर्कोतर्फ सरकारको घाटा बजेटको आँकडा पनि बढ्दै गएको छ । हालसम्म कूल तीन खर्ब तीन अर्ब ६५ करोड ३७ लाख बराबर बजेट खर्च हुँदा राजस्व सङ्कलन भने  दुई खर्ब ४८ अर्ब २८ करोड ५० रुपैयाँ लाख बराबर देखिएको छ । अर्थात् हालसम्म सरकारको आम्दानीको तुलनामा खर्च  ५५ अर्ब ६७ रुपैयाँ करोड बढी छ ।


Read Previous

हिमालमा परिरहेको जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

Read Next

विद्युत महशुल नबुझाउने २ सय ७६ ग्राहक कालोसूचीमा

Leave a Reply

Your email address will not be published.