Nepal Purbadhar

चीन भ्रमणका क्रममा नयाँ व्यापारिक नाका खोल्ने कुरा उठाइने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आगामी चीन भ्रमणका क्रममा नयाँ व्यापारिक नाका खोल्ने विषयमा छलफल हुने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममाउनले चीन भ्रमणका क्रममा व्यापारिक नाका खोल्ने विषयमा छलफल हुने बताएका हुन् ।

चीन भ्रमणबारे सांसदद्वय उदयशम्शेर राणा र ऐनबहादुर शाहीले गरेको प्रश्नको उत्तरमा उनले भने, ‘आसन्न चीन भ्रमणका क्रममा नयाँ व्यापारिक नाका खोल्ने विषयमा कुरा हुनेछ ।  मुगुको नाम्चे लाग्ना नाका खोल्नेबारे कुरा उठाउने करिब निश्चित छ ।’ दाहाल असोज पहिलो साता चीन भ्रमणमा जाँदैछन् ।


Read Previous

आरम्भचोकसम्म खोलियो छोपिएको यज्ञमती र चखुँचा खोला

Read Next

शौचालय नभएपछि सेवा सुविधा रोक्का