Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

गणेश कार्कीको नेतृत्वमा इप्पानमा नयाँ कार्य समिति चयन


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिमा गणेश कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।कार्कीको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति चयन भएको हो । अध्यक्ष कार्की लगायत पदाधिकारी तथा तीन महिना सदस्य निर्विरोध भएको कार्य समितिमा ७ सदस्यका लागि भने निर्वाचन भएको थियो ।

इप्पानको वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्वाचित भएका छन् । उनी ३ वर्षपछि स्वतः अध्यक्ष हुनेछन् । त्यस्तै ५ जना उपाध्यक्षहरुमा आशिष गर्ग, भरतकुमार खत्री, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, र आनन्द चौधरी निर्वाचित भएका छन् । यसैगरी महासचिवमा बलराम खतिवडा र उपमहासचिवमा प्रकाशचन्द्र दुलाल निर्वाचित भएका छन् । ५ जना सचिवहरुमामा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल, विक्रम बिष्ट र हिम प्रसाद पाठक तथा कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त निर्वाचित भएका छन् ।

१० जना सदस्य मध्ये ७ जना खुल्ला र ३ जना महिला सदस्य रहने व्यवस्था थियो । महिला सदस्य निर्विरोध निर्वाचित भएपनि ७ जना खुल्ला सदस्यमा भने १४ जना प्रतिस्पर्धामा थिए ।
सदस्यमा उत्तरकुमार श्रेष्ठ, शंकर बस्याल, मिथुन चक्रवर्ती प्रसाद पौडेल, भरतमणी नेपाल, विजय मोहन भट्टराई, टिएन आचार्य र भरत पराजुली निर्वाचित भएका छन् । श्रेष्ठले सबैभन्दा धेरै २७३ मत पाउँदा बस्यालले २५४, नेपालले २२५, पराजुली र पौडेलले समान २१७, आचार्य २१६ र भट्टराई १९३ मत सहित विजयी भए । ३ जना महिला सदस्यमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध निर्वाचित भएका छन् ।

बिहीबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत चिरञ्जिवी खतिवडाले निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरे । इप्पानको अध्यक्ष विजयी भएपछि अध्यक्ष कार्कीले इप्पानलाई सबै पक्षलाई समेटी अझ शसक्त रुपमा अघि बढाउने बताए ।


Read Previous

नेपालको वित्तीय संघीयता सुदृढीकरणका लागि सुधारका कार्यलाई निरन्तरता दिन विश्व बैंकको सुझाव

Read Next

नयाँ खिम्ती १३२ केभी सबस्टेसन सञ्चालन, ३ जिल्लाकाे विद्युत आपूर्ति सुधार हुने

Leave a Reply

Your email address will not be published.