Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने

नेपालमा लगानी बढाउन भारतका उद्योगी–व्यवसायीलाई आग्रह


काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी बढाउन भारतीय उद्योगी–व्यवसायीलाई आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले बिहीबार साँझ नयाँ दिल्लीमा आयोजना गरेको ‘नेपाल–भारत बिजनेस समिट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीमैत्री वातावरण भएकाले खुल्ला ह्रृदयका साथ नेपालमा लगानीका गर्न भारतीय व्यवसायीलाई आग्रह गरे । ‘नेपाल सरकारले नीतिगत, कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको छ । लगानीमैत्री वातावरण बनाउन र लगानी भित्रयाउन सरकार निजी क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्न तयार छ’  उनले भने ।

प्रधानमन्त्री प्रचण्डले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट अगाडि बढ्न वर्तमान सरकार तयार रहेको समेत स्पष्ट पारे । भारतका वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र नेपाल बीचको सम्बन्ध राजनीतिक वा भूराजनीतिक वा आर्थिक मामिलाहरूमा मात्र सीमित नभएको बताए । ‘हामीसंग साझा इतिहास छ । गहिरो सांस्कृतिक आत्मीयता र बलियो मित्रता छ’ उनले भने, ‘यो साझेदारी र मित्रता होइन, यो एक परिवार हो । हामी भारतबाट नेपाल र नेपालबाट भारतमा धेरै व्यापार र लगानी प्रवाह भएको देख्न चाहन्छौं । म विश्वस्त छु कि हामी दुवै देशका बालबालिकाको साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर काम गर्न सक्छौ ।’

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी मैत्री नीति, नियम तथा कानुनी सुधारमा भइरहेका प्रयासहरुले अहिले नेपालमा लगानी गर्ने उपयुक्त समय रहेको बताए । उनले नेपालमा रहेका भारतीय कम्पनीहरुले राम्रो नाफा आर्जन गरिरहेको दृष्टान्त पेश गर्दै यो सफलताको उदाहरण नै नेपालमा लगानी गर्न प्रर्याप्त आधार रहेको बताए ।

ढकालले नेपालका उर्जा, जलस्रोत, कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार विकासमा लगानी गर्न सकिने जानकारी दिए । उनले महासंघले भारतीय निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आवश्यकता अनुसार सहजीकरण गर्ने र नेपालको निजी क्षेत्रले साझेदारी समेत गर्न सक्ने बताए । भारतीय उद्योग परिसंघका अध्यक्ष आर दिनेशले भारत र नेपालबीचको भौगोलिक निकटताको लाभ उठाउन र पारस्परिक विकासको लागि एक अर्काको बजारहरूका अवसर छोप्न समेत उद्योगी व्यवसायीहरुलाई आग्रह गरे ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण तेस्रो जस्तो ठुलो आयोजनाको सफल कार्यान्वयनले नै नेपाल लगानीका लागि सहज छ भन्ने स्पष्ट संदेश दिएकोे बताए ।


Read Previous

सेयर खरिदकर्तालाई घोराही सिमेण्टको आभार

Read Next

देशमा कफी प्रशोधन र प्याकेजिङमा असल अभ्यास लागू हुँदै

Leave a Reply

Your email address will not be published.