Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

यार्सा टेक डिजिटल गण्डकी संवाद सम्पन्न, प्रदेशको डिजिटल अवस्था बारे वृहत छलफल


कास्की । पोखरामा यार्सा टेक डिजिटल गण्डकी संवाद इन एशोसिएसन विथ फोनपे सम्पन्न भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा सोमबार पोखराको कुटी रिसोर्टमा यार्सा टेक डिजिटल गण्डकी संवादसँगै डिजिटल संवाद ४.० समापन गरिएको हो ।

डिजिटल संवादमा गण्डकी प्रदेशको डिजिटल अवस्था र लिनुपर्ने कदमका विषयमा वृहत छलफल हुनुका साथै कार्यपत्र प्रस्तुत भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित प्रकाश आले मगरको उपस्थिति रहेको थियो । संवादलाई सम्बोधन गर्दै मन्त्री आले मगरले गण्डकीलाई डिजिटल बनाउन सकारात्मक रहेको बताए ।

त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिको रूपमा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, प्रदेश सभा सदस्य विन्दु कुमार थापा, फणिन्द्र देवकोटा, पूर्व सह-सचिव विरेन्द्र मिश्र र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको सहभागिता थियो ।

यस्तै कार्यक्रममा अतिथिको रूपमा नास्टका पूर्व उपकुलपति सुनिल बाबु श्रेष्ठ, आईटी विज्ञ विवेक राणा, यार्सा टेकका सीईओ एनजे सुवेदी, गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बद्रिनाथ अधिकारी, प्रदेश लोकसेवा आयोगका सदस्य कल्पना ढकाल, प्रदेश नीति तथा योजना आयोगका सदस्य सुवास अधिकारी, कास्की चेम्बर अफ कमर्सका अध्यक्ष पवन कुमार प्रजापति, गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक डा. ढाकाराम भण्डारीको उपस्थिति थियो ।

त्यस्तै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन, नेपाल टेलिकमका निर्देशक इन्दल सुवेदी, नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश निर्देशक आर्या जोशी, क्यान कास्कीका संस्थापक अध्यक्ष जगन बहादुर गुरूङ, फोनपेका गण्डकी प्रदेश इन्चार्ज रवि चन्द्र सिग्देल, क्यान कास्कीका अध्यक्ष आशिष गुरूङ, इमिनेन्स वेजका सीईओ नारायण कोइराला, पोखरा महानगरका आईटी अधिकृत अशोक दुवाडी लगायतको उपस्थिति रहेको थियो ।

संवादमा ५ वटा कार्यपत्र प्रस्तुत भएका छन् । गण्डकी प्रदेशको डिजिटल क्षमता बारे प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रम कोशी प्रदेशका आईटी तथा ई-गभर्नेन्स विज्ञ विज्ञान सत्याल, डिजिटल वित्तीय क्षमतामा फोनपका गण्डकी प्रदेश इन्चार्ज रवी चन्द्र सिग्देल, डिजिटल क्षमता विकासमा आईटी विज्ञ विवेक राणा, साइबर सुरक्षाको क्षमतामा एमिनेन्स वेजका सीईओ नारायण कोइराला र आविष्कार क्यापाबिलिटिज बारे राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्यानल डिसकसन सेसन समेत छ । प्यानल सेसनमा वक्ताको रूपमा प्रादेशिक नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, गण्डकी प्रदेश सबा सदस्य विन्दु कुमार थापा, गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक डा. ढाका रामा भन्डारी, यार्सा टेकका सीईओ एनजे सुवेदी र ला ग्रान्डी कलेज प्रिन्सिपल किरण केसी थिए ।

देशका सातै प्रदेशमा डिजिटल प्रदेश संवाद आयोजना भएसँगै पोखरामा डिजिटल संवाद ४.० को भव्य समापन गरिएको छ । अब छिट्टै समग्र प्रदेशको डिजिटल अवस्था समेटिएको अनुसन्धानमा आधारित पुस्तक ‘डिजिटल प्रदेश परिदृश्य २’ समेत प्रकाशन हुनेछ ।

त्यसपछि ग्रान्ड प्रोग्रामको रुपमा असार ८ र ९ गते काठमाडौंमा ‘डिजिटल नेपाल कन्क्लेभ २०२३’ आयोजना गर्ने हुनेछ । गत वर्षदेखि डिजिटल संवादसहित कन्क्लेभ कार्यक्रम सुरु भएको थियो ।


Read Previous

ठमेलमा बाराही ग्रुपको नयाँ होटल ’बाराही काठमाडौं’ सञ्चालनमा, करिब डेढ अर्ब लगानी

Read Next

पोखरा इको रेड ब्रिक्सले थाल्यो प्वाल भएको इटाको उत्पादन

Leave a Reply

Your email address will not be published.