Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती    २ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे

भोलीदेखि २ दिने ऊर्जा सम्मेलन काठमाडौंमा शुरु हुँदै, तयारी पूरा भएको आयोजकको भनाइ


काठमाडौं । भोली मंगलबारदेखि शुरु हुने ऊर्जा सम्मेलन (पावर समिट) को तयारी पूरा भएको छ । सम्मेलन आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो । आठौं संस्करणको ऊर्जा सम्मेलन २०२३ को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम छ ।

सम्मेलनमा नेपालको विद्युत खरिद गर्ने भारतीय खरिदकर्ता कम्पनी र निजी जलविद्युत कम्पनीहरूबीच प्रत्यक्ष विद्युत खरिद सम्झौता (पिपिए) का लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । इप्पानका अध्यक्ष कृष्ण आचार्यका अनुसार नवीकरणीय ऊर्जाको विकास र बजार विस्तारका लागि अन्य सम्झौता र समझदारीहरूमा पनि सम्मेलनमा हस्ताक्षर हुनेछ ।

सम्मेलन उद्घाटन सत्रमा दक्षिण एसियाको लगानी जुटाउने सम्बन्धि ‘साउथ एसियन फोरम अन इनर्जी इन्भेष्टमेण्ट’ प्रतिवेदन सार्वजनिक गरिनेछ । सम्मेलनमा उद्घाटन र समापन समारोहबाहेक १६ सत्र रहने तय भएको छ । यसअघि १५ सत्र रहने जानकारी दिए पनि एउटा सत्र थप गरिएको हो । हरेक सत्रमा राखिएको विषयबारे प्रस्तुति हुनेछ भने त्यसै विषयमा केन्द्रित रहेर प्यानलिष्टबीच छलफल गराइनेछ ।

छलफल सत्रहरुमा नेपालको विद्युतको बजार, दक्षिण एशिया क्षेत्रमा जलविद्युत आयोजनामा लगानीको अवसर र चुनौति, जलवायु उत्थानशील ऊर्जा विकास, अन्तरदेशीय विद्युत व्यापार, नीति र नियमणलगायतका विषयमा केन्द्रित सत्रहरु समावेस गरिएका छन् ।

सम्मेलनमा लगानी बोर्ड नेपाल र निजी क्षेत्रका तर्फबाट ५ हजार मेगावाटका जलविद्युत परियोजना प्रदर्शनी (सो केस) मा राखिनेछ । प्रदर्शनीमा राखिने परियोजनाबारे स्वदेशी विदेशी लगानीकर्ताले सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नेछन् ।सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका पदाधिकारी तथा दक्षिण एसियाली देशका नेताहरूको पनि सहभागीता रहनेछ । उद्घाटन सत्रमा भुटानको अर्थ मन्त्री लोकनाथ शर्माले बोल्ने कार्यक्रम छ ।

सम्मेलनमा विश्वका ३० भन्दा बढी देशका ३ सय जना अन्तर्राष्ट्रिय प्रतिनिधिसहित नेपालबाट सरकारका उच्च पदस्थ पदाधिकारी, विद्युत व्यापार कम्पनीका प्रतिनिधि, ऊर्जा उत्पादकहरू, लगानी गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, परामर्शदाता कम्पनीका प्रतिनिधि, प्रसारण तथा वितरण कम्पनीका प्रतिनिधिलगायत गरी ८ सय जनाभन्दा बढीको सहभागिता रहनेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय ऊर्जा सम्मेलनको संरक्षक रहने इप्पानले जनाएको छ । इपानका अनुसार नेपालस्थित भारतीय दूतावास ऊर्जा सम्मेलनको ‘कन्ट्री पार्टनर’ रहनेछ । विश्व बैंक, आइएफसी,एफएमओ, युएसआइडी लगायत विकास साझेदार प्रायोजक छन् । इप्पानले सन् २००६ मा पहिलो पटक ऊर्जा सम्मेलनको आयोजना गरेको थियो । त्यस यता नियमितरूपमा ऊर्जा सम्मेलनको आयोजना गर्दै आएको छ ।


Read Previous

राहुघाट आयोजनाको भर्टिकल साफ्ट सुरुङ पूरा, ५५ प्रतिशत भौतिक प्रगति

Read Next

‘याे ‘पावर समिट’ले विद्युत् खपतलाई जोड दिनेछ’

Leave a Reply

Your email address will not be published.