Nepal Purbadhar

गोंगबुस्थित विष्णुमती पुलको शिलान्यास


काठमाडाैं । टोखा नगरपालिकाअन्तर्गत वडा नं ११ र ८ जोड्ने गोंगबु–बानियाँटर पुलको आज शिलान्यास गरिएको छ । नगरप्रमुख प्रकाश अधिकारीले विष्णुमती खोलामा निर्माण हुने पुलको आज जगपूजा गरी शिलान्यास गरे ।

नगरपालिकोको बजेटबाट निर्माण हुने सो पुल पुष्पाञ्जलि/रालुकादेवी निर्माण कम्पनीले करिब रु चार करोडमा बनाउन लागेको र २०८० साल पुसभित्र निर्माण सम्पन्न हुने बताइएको छ ।

सो अवसरमा नगरप्रमुख अधिकारीले टोखावासीको मागबमोजिम व्यस्त सडकखण्डको विष्णुमती खोलामा पुल निर्माण भएपछि सहजरूपमा यातायात सञ्चालन भई जनताले ठूलो राहत पाउने धारणा व्यक्त गरे ।

साविकको गोंगबुसहित टोखा नगरवासीले विश्वास गरेर तीनपटक नेतृत्व गर्ने अवसर दिएको उल्लेख गर्दै उनले स्रोतसाधन अभावका कारण यसअघि हुन नसकेको काम पूरा सम्पन्न गरी समृद्ध टोखाको पक्षमा दिनरात खटिइरहेको बताए ।

वडा नं ११ का वडाध्यक्ष घनश्याम खड्काले सडक निर्माण, खानेपानी तथा ढल व्यवस्थापनसहित आमजनजीवनसँग जोडिएका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिने गरेको स्पष्ट गर्दै पुल निर्माणका क्रममा गुणस्तरमा ध्यान दिन स्थानीयसँग अनुरोध गरे ।

Facebook Comments

Read Previous

‘भारतको केन्द्रिय ग्रिडमा बर्खामा १२ सय मेगावाट विद्युत निर्यात गर्ने वातावरण बनेको छ’

Read Next

मार्चमा एक लाख पर्यटक नेपाल भित्रिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar