Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

मुस्ताङका १६० गोठका ८ सय च्याङ्ग्राको भूवा गुणस्तर अध्ययन


मुस्ताङ। गुणस्तरीय पश्मिना उत्पादनका लागि च्याङग्रा भूवाको गुणस्तर निर्धारण गर्ने उद्देश्यले मुस्ताङका च्याङग्रा किसानहरूका लागि भूवाको नमूना संकलन तालिम सुरु भएको छ । एक साता  लामो उक्त तालिम लगत्तै स्थानीय किसानका १६० च्याङग्रा गोठमा गइ तालिमप्राप्त ती उनीहरूले अन्तर्राष्ट्रिय विज्ञको निगरानीमा ८ सय वटा च्याङग्राको भूवा नमूना संकलन गर्ने कार्यक्रम छ ।

नेपालमा पहिलो चोटी गर्न लागिएको च्याङग्रा रेशा गुणस्तर अध्ययनले नेपाली गुणस्तरीय पश्मिनालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सहज हुने विश्वास लिइएको छ । युरोपियन युनियन सहयोगमा संचालित इयु-नेपाल व्यापार तथा लगानी कार्यक्रम अन्तरगत अन्तर्राष्ट्रिय व्यापार केन्द्रले नेपाल पश्मिना उद्योग संघ, च्याङग्रा पश्मिना किसान संघ तथा नेपाल कृषि अनुसन्धान परिषदको सहकार्यमा मुस्ताङको घारापजोङ, दामोदरकुण्ड, बाराजोङ-मुक्तिनाथ, लोमाङथान र लो-घेकर गरी चार गाउँपालिकामा यो तालिम तथा भूवा संकलन कार्यक्रम संचालन गरिंदैछ ।

मुस्ताङमा उत्पादन हुने च्याङ्ग्राको ऊनबाट बन्ने पश्मिनाको गुणस्तर र यसले पाउने बजार मूल्यको वैज्ञानिक अध्ययन र विश्लेषण गर्न यो तालिम तथा भूवाको नमुना महत्त्वपूर्ण रहेको छ । उच्च गुणस्तरको ठानिएको नेपाली च्याङग्रा पश्मिनाको माग स्वदेशी तथा विश्व बजारमा बढ्दै गएको भए पनि यसको वास्तविक गुणस्तरको वैज्ञानिक परीक्षण हुन सकेको थिएन ।

त्यसैले, च्याङ्ग्रापालक कृषकहरूबाट सङ्कलन हुने भूवाको गुणस्तरबारे क्रेताहरू जानकार हुनु आवश्यक छ । कृषकहरूका १६० गोठमा रहेका च्याङ्ग्रा बथानबाट प्रतिगोठ पाँच-पाँचवटा गरी आठ सय वयस्क च्याङ्ग्रा छनौट गरिनेछ । सङ्कलित नमूनालाई परीक्षणका लागि सुविधासम्पन्न  र अन्तर्राष्ट्रिय मान्यताप्राप्त पशु फाइबर परीक्षण प्रयोगशालामा अध्ययनका लागि पठाइनेछ ।

यस तालिम कार्यक्रममा संयुक्त अधिराज्यको ओडिसा सेन्टर लिमिटेडकी डा. क्यारोल कर्भिङले आठजना स्थानीय ऊन सङ्कलक किसानहरूलाई ऊन कात्ने तालिम दिँदैछन् । तालिमका सहभागीहरूले यसअघि सन् २०२२ मा गुणस्तरीय कश्मीरी ऊन कात्ने तालिम पाइसकेका छन् ।

नेपाली पश्मिनाको वास्तविक गुणस्तर पहिचान गर्न च्याङग्रा भूवाको नमूना संकलन अनिवार्य छ । नेपाली पश्मिनाको मूल्य श्रींखलालाई मजवुत बनाउन यो च्याङग्रा उत्पादक जिल्लामै आएर तालिम तथा भूवा संकलन कार्यक्रम आयोजना गरिएको हो, प्रशिक्षक क्यारोलले भनिन् ।

स्थानीय स्तरमा उक्त तालिमको संयोजन गरिरहेको नेपाल पश्मिना उद्योग संघका उपाध्यक्ष धन प्रसाद लामिछानेले संकलित भूवाको नमूनाको विश्लेशणबाट प्राप्त हुने नतिजाको आधारमा नेपाली पश्मिनाको गुणस्तर अन्तर्राष्ट्रिय बजारमा सहयोग पुग्ने बताए । चैत ८ देखि १३ गते सम्म च्याङ्ग्रा भूवा संकलन तालिम र त्यसको लगत्तै चैत १४ देखि २२ सम्म भूवा नमूना संकलन गरिँदैछ ।


Read Previous

बागलुङ बरेङकाे ओखरेनी र छापगाउँमा पुग्याे राष्ट्रिय प्रणालीकाे विद्युत

Read Next

तनहुँमा १० खानेपानी आयोजनाकाे निर्माण अन्तिम चरणमा   

Leave a Reply

Your email address will not be published. Required fields are marked *