Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
सरकारकाे नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने    १० महिनामा ६० प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ३७.०४ प्रतिशत मात्रै भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड रुपैयाँ चाहिने   राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे

क्षेत्रीय सडकको एजेण्डामा तीन जिल्लाका चार पालिका एकै ठाउँ


काभ्रे । स्थानीय सरकारका रुपमा रहेका पालिकाहरु नीति र विधि निर्माणदेखि विकास कार्यमा प्रतिस्पर्धात्मक रुपमा देखिएका छन् । पालिकाहरुबीच सिमा, साधन र श्रोतहरुका विषयमा विवादको अवस्था पनि देखिएको छ । यहीँ बिचमा वागमती प्रदेश भित्र पर्ने ३ जिल्लाका ४ पालिकाहरुले भने संयुक्त बैठक बसेर पूर्वाधार विकासलाई साझा एजेण्डा बनाएर योजना सहित विकास कार्यमा जुटेका छन् ।

गत बुधबार काभ्रेको बेथानचोक गाउँपालिकाका प्रमुख भगवान अधिकारी उपप्रमुख तारा राना निवर्तमान अध्यक्ष प्रेमबहादुर तिमल्सिना, प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी वडा अध्यक्षहरु, कर्मचारी लगायतको समूह मकवानपुरको बागमती गाउँपालिकाको झुरझुरे पुग्यो । वागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युबराज दुलाल सहित ललितपुरको महाँकाल तथा वागमती गाउँपालिकाको टोली मकवानपुरको झुरझुरे स्थित पालिका भवनमा पुगेको थियो ।

उक्त कार्यालयमा बसेको चार पालिकाको संयुक्त बैठकको मुख्य एजेण्डा थियो बागमती प्रदेशको पुर्वी जिल्लाहरुबाट प्रदेश राजधानी हेटौंडा सम्म पुग्ने छोटो दुरीको सडक निर्माण । जसका लागि बागमती नदीमा पुल निर्माण तथा काभ्रेको बेथानचोक देखि मकवानपुरको फापरबारी सम्म सडक स्तरोन्नती । बागमती प्रदेशको पूर्वी जिल्लाहरुबाट प्रदेश राजधानी सम्म पुग्ने सडक निर्माणका लागि यस अघि पनि पहलहरु नभएका होइनन् । सडक निर्माणका लागि सम्बन्धित पालिका तथा जिल्लाहरुले आ–आफ्ना क्षेत्रमा ट्रयाक खोली सकेका छन भने बागमती नदीमा पुल बनाउनका लागि डिपिआर सम्पन्न भएको बेथानचोक गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले बताए ।

बेथानचोक गाउँपालिकाका प्रमुख भगवान अधिकारीले संयोजन गरेको उक्त बैठकले काभ्रेको पनौती–ललितपुुरको महाँकाल र वागमती तथा मकवानपुरको वागमती गाउँपालिकाको धरान चतरा सडक (मदन भण्डारी लोकमार्ग) सम्म जोड्ने गरी सड्क निर्माण गर्न सबै पालिका लागि पर्ने निर्णय गरेको छ । यस अघि पनि स्थानीयको प्रयासमा उक्त सडक निर्माणका लागि प्रदेश तथा संघीय सरकारका नेतृत्वमा रहनेहरुलाई उपस्थिति गराई संयुक्त कार्यक्रमहरु आयोजना गरिएको थियो । पनौती देखि फापरबारी सम्म नै सडकको ट्रयाक खोली सकेको भएपनि सडक स्तरोन्नतीका लागि भने खासै काम हुन नसकेकोे स्थानीय बताउँछन् ।

प्रस्तावित सडक अन्तर्गत ललितपुर र मकवानपुरको सिमामा वागमती नदी पर्छ । बागमती नदीमा हाल हिउँदको समयमा कल्भर्ट राखी जोखिम पुर्ण ढंगले गाडी पार गरिने भए पनि वर्षायाममा आवत जावत गर्न सकिँदैन । नदीका कारण सवारी साधन हिउँदको समयमा मात्र संचालन हुने गरेका छन् । बागमती नदीमा पुल निर्माणका लागि डिपिआर सम्पन्न भए पनि बजेटको व्यवस्था भने हुन सकेको छैन । बुधवार बसेको बैठकले बागमती गाउँपालिका वडा नं. ७ गिम्दीको खुर्मिमा पक्की पुल निर्माणका लागि आगामी आ.व.बाट नै बजेट व्यवस्थापन गरी निर्माण थालिने निर्णय भएको छ । उक्त पुलले ललितपुरको खुर्मि र मकवानपुर बागमती गाउँपालिकाको बलौटे जोड्ने छ ।

मकवानपुरको बागमती गाउँपालिकाको कार्यालय झुरझुरेमा बसेको बैठकमा मकवानपुर बागमती गापाको अध्यक्ष सर्केश घलान तथा उपाध्यक्ष फनिन्द्र कुमार तिमल्सिना, ललितपुर बागमती गा.पाका अध्यक्ष वीर बहादुर लोप्चन, महाँकाल गा.पा.का अध्यक्ष गणेश के.सी.तथा उपाध्यक्ष डोल्मा माया गोले सहित सम्बन्धित कार्यालयका प्रशासकीय अधिकृतहरु, सम्बन्धित क्षेत्रका वडा अध्यक्षहरु, सम्बन्धित शाखाका कर्मचारीहरू लगाएत बुद्धिजिबिहरुको उपस्थिति रहेको थियो ।

बैठकले आ–आफ्नो पालिकाको क्षेत्रमा पर्ने मोटरबाटोहरु सम्बन्धित पालिका आफैंले डिपिआर गर्ने निर्णय भएको बेथानचोक गाउँपालिकाका प्रवक्ता मधुसुदन तिमल्सिनाले बताए ।

उक्त सडक निर्माण भएपछि बागमती प्रदेशको पुर्वीतर्फका जिल्लाहरु काभ्रे सिन्धुपाल्चोक, दोलखा रामेछापका लागि प्रदेश राजधानी सम्म पुुग्ने छोटो दुरीको सडक हुने छ । हाल काभ्रेको वेथानचोक ढुर्खक सम्म समान्य स्तरोन्नति भइसकेको सडक छ । बेथानचोक ढुर्खकबाट प्रदेश राजधानी हेटौंडाको दुरी कुल ९६ किलोमिटर रहको छ । जुुन दुरी मध्ये पनि हेटौंडा –फापरबारी खण्ड कुल ४३ किलोमिटर क्षेत्रमा धरान चतरा सडक(मदन भण्डारी लोकमार्ग) अन्तर्गत ४ ल्याण्डको व्यवस्थित पक्की सडक निर्माण सम्पन्न भइसकेको छ ।

बेथानचोकको ढुंर्खक देखि फापरबारी सम्म करिब ५३ किलोमिटर सडक स्तरोन्नति पश्चात काभ्रेबाट हेटौंडा पुग्ने छोटो दुरीको सडक बन्ने छ । जसबाट काभ्रे लगायतका पुर्वीजिल्लाबाट प्रदेश राजधानी हेटौंडा सम्म पुग्न सहज हुनुका साथै भित्री मधेसबाट उपत्यका प्रवेश गर्ने आर्थिक महत्व बोकेको व्यपारिक सडकको रुपमा विकास हुने बेथानचोक पालिका अध्यक्ष अधिकारीले जानकारी दिए ।


Read Previous

‘सहकारीमा सुशासन प्रवर्द्धनका लागि सामूहिक प्रतिबद्धता आवश्यक’

Read Next

बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध

Leave a Reply

Your email address will not be published.