Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै    साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण

भद्रपुर-सलकपुर सडक डेढ वर्षमा तीन किलोमिटर कालोपत्र


झापा । झापाको भद्रपुरदेखि इलामको सलकपुरसम्म जोड्ने सडक डेढ वर्षमा ३ किलोमिटर मात्र कालोपत्र भएको छ। कनकाई मोती जेभी काठमाडौंले २०७८ भदौमा दुई वर्षभित्र कालोपत्र गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। हालसम्म ३.६ किलोमिटर मात्र कालोपत्र गरिएको छ।

पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर दीपेन्द्रकुमार साहका अनुसार प्रदेश नं १ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको २६ करोड ६९ लाख रुपैयाँ लागतमा भद्रपुर–सलकपुर सडक कालोपत्र गर्न थालिएको हो। ‘सडकको हालसम्मको वित्तीय प्रगति छ प्रतिशतमात्र भएको छ,’ उनले भने । निन्दा पुलदेखि इँटाभट्टासम्म तथा इँटाभट्टा दोकानडाँडादेखि निन्दा सिरानसम्म सडक कालोपत्र गर्न लागिएको साहको भनाइ छ।

सो सडक निर्माणपछि इलामको रोङ गाउँपालिकाका पर्यटकीयस्थल झण्डीडाँडा, कन्याम, सलकपुरलगायत क्षेत्र पुग्न सजिलो हुने छ। कृषिजन्य वस्तुको बजारीकरण गर्न किसानलाई सहज हुने छ।


Read Previous

यो सम्मेलनले यातायात क्षेत्रमा भइरहेका अध्ययन अनुसन्धान र प्रविधिबारे जानकारी दिनेछ

Read Next

घोराहीमा जलाशयका माध्यमबाट खेतबारी सिञ्चित गरिँदै

Leave a Reply

Your email address will not be published.