Nepal Purbadhar

भैरहवाबाट ढाका उडान सुरु गर्न बंगलादेशका राजदूतसामू आग्रह


काठमाडौं । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र नेपालका लागि बंगलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ। सो भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाई उडान सुरु गर्न राजदूत चौधरीलाई आग्रह गरिन् ।

सो भेटमा नेपाल र बंगलादेशबीचको पर्यटन व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको थियो।

सो अवसरमा राजदूत चौधरीले श्रीलंकाको ७५औँ स्वातन्त्रता दिवसका अवसरमा सहभागी हुने बंगलादेशी विदेशमन्त्री डा एके अब्दुल मोमेनसँग भेटवार्ता गरी दुई देशबीचको सहकार्यलाई अझ बलियो बनाउन परराष्ट्रमन्त्री पौड्यालसँग अनुरोध गरे।

Facebook Comments

Read Previous

४ महिनामा इङ्वाखोलाको विद्युत प्रसारण प्रणालीमा आउँदै

Read Next

एकिकृत यातायात पूर्वाधार विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन यही हप्ता काठमाडौमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar