Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या    बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

चाैधरी ग्रुपले लगानी गरेकाे मध्यमोदी आयोजनाबाट परीक्षण उत्पादन सुरु   


पर्वत । औद्योगिक घराना चाैधरी ग्रुपले निर्माण गरेकाे १८ मेगावाटकाे मध्यमाेदी जलविद्युत आयोजनाकाे विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिएकाे छ । पर्वतकाे मोदी खोलामा निर्माण सम्पन्न आयोजनाबाट परीक्षण उत्पादन सुरु गरिएकाे हाे ।

नेपाल विद्युत प्राधिकरणकाे प्राविधिक टाेली पुगेर परीक्षण गरेपछि आयोजनाकाे विद्युत साेमबारबाट प्रसारण प्रणालीमा जाेडिएकाे  मिडिल मोदी हाइड्रोपावर लिमिटेडले जानकारी दिएकाे छ । निर्माण सुरु भएकाे ८ वर्षपछि आयोजनाकाे विद्युत प्रसारण प्रणालीमा जाेड्न सम्भव भएकाे हाे ।

कम्पनीले २०७१ साल मंसिरबाट आयोजनाकाे संरचना बनाउन सुरु गरेकाे थियाे । विविध कारणले आयोजनाकाे निर्माण प्रभावित हुँदा सम्पन्न हुन ८ वर्ष लागेकाे आयोजना प्रमुख प्रताप खरेलले बताए ।

निर्माण थालेको ३ वर्षमा नै काम पूरा गर्ने तालिका ताेकिए पनि भूकम्प, नाकाबन्दी र कोभिड–१९ महामारीलगायत कारणले लक्ष्यभन्दा ५ वर्ष ढिलाे गरी विद्युत उत्पादन सुरु गरिएकाे खरेलले बताए । आयोजनाले उत्पादन गरेकाे विद्युत १३२ केभी मोदी-लेखनाथ सबस्टेसनमा जाेडिएकाे छ ।

करिब २ साताकाे परीक्षण उत्पादनपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु हुने कम्पनीले जनाएकाे छ । आयोजनाको बाँध, सुरुङ, विद्युतगृह तथा सबस्टेसनसम्मकाे प्रसारण लाइन निर्माण सम्पन्न भएपछि संरचनाकाे परीक्षण गरिएकाे थियाे । संरचनाकाे परीक्षण सफल भएपछि नै उत्पादन सुरु भएकाे खरेलले बताए ।

आयोजना सम्पन्न हुँदा ४ अर्ब रुपैयाँ खर्च भएकाे कम्पनीले जनाएकाे छ । सुरुवातमा आयोजना सम्पन्न गर्न २ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएकोमा निर्माण अविध सम्बिएपछि लागत पनि बढेकाे हाे । याे आयोजनामा चाैधरी ग्रुपकाे लगानी छ ।

 २०७१ सालमा चाैधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले आयोजनाको शिलान्यास गरेपछि निर्माण सुरु भएकाे थियाे । विद्युत प्राधिकरणले दिएकाे पहिलाे तालिका अनुसार ३ वर्षमा नै निर्माणको काम सकेर २०७४ मङ्सिरमा काम पूरा गर्ने लक्ष्य राखिएको थियाे ।

आयोजनाकाे निर्माण सुरु भएपछि प्रभावित क्षेत्रका स्थानीय बासिन्दाकाे  पटक–पटकको आन्दोलन र विरोध तथा प्राकृतिक विपद्का कारण आयोजनाको लम्बिन पुगेकाे थियाे ।

२०७२ सालकाे भूकम्पको मारमा समेत परेको आयोजनाले बाढी र पहिराको पनि सामना गर्याे । पछिल्लो १ वर्षयता आयोजना निर्माण कार्यमा कुनै पनि पक्षबाट विरोध नभएका कारण कामले तीव्रता पाएको थियो ।

पर्वतको मोदी गाउँपालिका–२ केङ्गामा आयोजनाकाे विद्युतगृह बनेकाे छ । बाँध क्षेत्रका संरचना भने कास्कीको अन्नपूर्ण गाउँपालिका–३ वीरेठाँटीमा निर्माण गरिएकाे छ ।

आयोजनाको मुख्य सुरुङ २.३९३ किलाेमिटर लामाे छ । निर्माण सुरु गर्ने गर्दा १५.१ मेगावाट जडित क्षमता रहेकाे आयोजना निर्माणकै क्रममा स्तराेन्नति गरी १८ मेगावाट पुर्याइएकाे थियाे ।


Read Previous

१ करोड मानिस लाभान्वित हुने मध्यपहाडी राजमार्ग डेढ दशकमा बल्ल ६४ प्रतिशत सम्पन्न

Read Next

सङ्घीय संसद भवन निर्माणमा कानून उल्लङ्घन

Leave a Reply

Your email address will not be published.