Nepal Purbadhar

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

भोटेकोसीका होटल तथा रिसोर्ट लयमा फर्किदै


सिन्धुपाल्चाेक ।  पछिल्लो समय सिन्धुपाल्चोकको भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । विश्वकै उत्कृष्ट १५ बन्जीजम्पभित्र पर्ने सो स्थानमा कोभिड महामारीसँगै पर्यटन सुस्ताएको थियो ।

भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वढेको पर्यटन व्यवसायी शङ्खर भुजेल बताए । उनका अनुसार केही वर्षअघिसम्म विदेशी पर्यटकमात्र देखिने बन्जीमा अहिले ९० प्रतिशत आन्तरिक पर्यटक देखिन्छन् ।

 विराटनगरकी प्रतीक्षा घिमिरे अष्ट्रेलियाबाट नेपाल आएका बेला मनोरञ्जनका लागि भोटेकोसीमा बन्जी हान्न आएको सुनाइन ।

द्रुतगतिमा बग्ने भोटेकोसी नदीको एक सय ६० मिटरको झोलुङ्गे पुलबाट हामफाल्दा आफू उत्साहित भएको भारतीय पर्यटक धर्मेन्द्र चतुर्वेदी बताए ।

हाइकिङ र र्‍यफ्टिङका लागि पनि उत्कृष्ट यो ठाउँबाट दैनिक सरदर ३० जनासम्म पर्यटकले जम्प गर्ने गरेका छन् । पर्यटकको सङ्ख्यामा सुधार आएसँगै होटल तथा रिसोर्टहरू पनि पुरानै लयमा फर्कन थालेको होटल व्यवसायीहरू बताउँछन् ।


Read Previous

अन्तर्राष्ट्रिय सहायताको रु ३६ अर्ब ९० करोड शोधभर्ना हुन बाँकी

Read Next

कोभिडले सार्क क्षेत्रमा रोजगारीमा परेको प्रभाववारे काठमाडौंमा छलफल

Leave a Reply

Your email address will not be published.