Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइनकाे विद्युत केयुले साधारणीकरण सञ्चार-ढाँचाको २ दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या    सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित विद्युत नियमन आयोग स्थापनाको ५ वर्ष, १ हजार बढी निवेदन उपर कारबाही ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती   

लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा संरचना निर्माण धमाधम


लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको भालुवाङमा मुख्यमन्त्री कार्यालय स्थानान्तरणका लागि संरचना तयारी गर्ने काम भइरहेको छ । राप्ती गाउँपालिका–३ लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयलाई एक महिनाअघि सरस्वती माविमा स्थानन्तरण गरिएको छ ।

सोही स्थानमा मुख्यमन्त्री कार्यालयलगायत अन्य मन्त्रालयका लागि संरचना मर्मत गर्ने कार्य भइरहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी निर्देशक छविराज पोखरेलले जानकारी दिए ।

‘शिक्षालयका पहिलेका थुप्रै भवन छन्, तिनै भवनलाई मुख्य मन्त्रालयलगायत अन्य मन्त्रालय राख्नका लागि संरचना तयार गर्ने कार्य भइरहेको छ’, उनले भने, ‘अहिले मुख्यमन्त्रीको कार्यालयसहित मुख्यमन्त्रीको निवास, प्रमुख सचिवको निवाससहित केही मन्त्रालयका लागि संरचना निर्माण गर्ने कार्य भइरहेको छ ।’ उनका अनुसार केही दिनदेखि संरचना मर्मत गर्ने कार्य भइरहेको हो ।

त्यस्तै प्रदेशसभा भवन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । प्राधिकरणका इञ्जिनियर विष्णु केसीका अनुसार भित्रको सबै काम पूरा भइसकेको र बाहिरको केही काम मात्रै बाँकी रहेको छ । त्यो पनि छिट्टै पूरा हुने उनले बताए ।

१ अर्ब २० करोड लगानीमा प्रदेशसभा भवन निर्माण भइरहेको हो । वाइवी स्टोन बिल्ड्रर्स प्रालिले उक्त निर्माणको जिम्मा पाएको छ । प्रदेशसभा भवनमा सभाहलसँगै भिआइपी कोठा, भोटिङ कोठा, मर्यादापालकका लागि गरी १४ वटा कोठा बनेका छन् ।

स्थायी राजधानी तोकिए पनि अहिलेसम्म भालुवाङबाट कामकाज हुनसकेको छैन । ग्रामीण तथा सहरी विकास मन्त्रालय र स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय भालुवाङमा सरे पनि काम भने बुटवलबाट हुँदै आएको छ ।

स्थायी राजधानी तोकिएपछि प्रदेशको स्थायी राजधानीलाई आवश्यक पर्ने संरचना निर्माण गर्न प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन भई काम गर्दै आएको छ । त्यस्तै प्रदेश पूर्वाधार प्राधिकरणअन्तर्गत जग्गा एकीकरण आयोजनाको कार्यालय पनि खुलेको छ ।

विसं २०७७ असोज २० गतेको प्रदेशसभा बैठकले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं १, २ र ३ तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–८ र ९ वडालाई केन्द्र मानेर स्थायी राजधानी तोकेको थियो । जतिबेला एक वर्षभित्र स्थायी मुकामबाट काम सुरु हुने भनिएको थियो । तर त्यसो हुन सकेको छैन ।

विसं २०५० मा स्थापना भएको राप्ती गाउँपालिका–५ स्थित राप्ती प्राविधिक शिक्षालय १६ बिघा क्षेत्रफलमा फैलिएको छ । जहाँ अहिले ३ सय जना अटाउन सक्ने एउटा सभाहलसमेत छ ।

साना–ठूला गरेर ३५ वटा भवन रहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए । ‘हामीसँग भवन प्रशस्त छैन, यिनै भवनमा सबै मन्त्रालय चलाउन सकिन्छ, त्यसैले हामीले छिटो कामकाज दाङ सार्नका लागि पहल गरिरहेका छौँ’ उनले भने । अहिले तिनै भवनलाई मर्मत गरेर मन्त्रालय चलाउने गरी तयारी थालिएको छ ।


Read Previous

बुद्ध एयरले पोखरादेखि भारतका तीन गन्तव्यमा उडान गर्ने

Read Next

स्मार्ट कार्ड मास प्रिण्टर आपूर्तिको लागि बोलपत्र आह्वान

Leave a Reply

Your email address will not be published.