Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन

बन्दीपुर केबलकारकाे ७५ प्रतिशत निर्माण पूरा,बैशाखदेखि सञ्चालनमा आउने   


दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार परियोजना ७५ प्रतिशत पूरा भएकाे छ । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजना सम्पन्न हुने चरणमा पुग्न लागेकाे हाे ।

२०७५ साउनदेखि निर्माण सुरु गरिएकाे केबलकार परियोजना पहिले नै सम्पन्न भइसक्नु पर्ने भए पनि काेभिड–१९ महामारी, लकडाउनलगायत विविध कारणले ढिलाइ हुन पुगेकाे बन्दीपुर केबलकार एण्ड टुरिजम कम्पनी लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए ।

“दुई वर्ष त कोभिड–१९ र लकडाउनकै कारण परियोजनाको काम पूर्णरूपमा प्रभावित हुन पुग्याे,” उनले भने, “त्यसयता पनि निर्माण सामग्री समयमै आउन नसक्दा काममा ढिलाइ हुँदै गयाे । तर,अवस्था सहज बन्दै गएपछि अहिले काम तीव्ररूपमा अगाडि बढेको छ ।”

उनका अनुसार यतिबेला केबलकार परियोजनाको काम द्रुत गतिमा अगाडि बढाइएको छ । पछिल्लाे तालिकाअनुसार याे केबलकार २०८० साल बैशाख १ गतेबाट सञ्चालनमा ल्याउने तयारी गरी काम भइरहेकाे शर्माले बताए ।

“२०८० वैशाख १ गतेदेखि केबलकार सञ्चालनमा आउँछ । केबलकारको टावर जडान सुरु भएको छ । केही दिन अगाडि मात्रै केबलकारकाे सामान परियाेजना स्थलमा झारिएको छ । अहिले ती सामान जडानकाे काम सुरु भएको छ” उनले भने ।

बन्दीपुर गाउँपालिका–४ बरालथोकमा पाँच तारे होटलको निर्माण कार्य पनि तीव्र गतिमा भइरहेको छ । केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहित काम भइरहेको कम्पनीले जनाएकाे छ ।

केबलकार र होटलको क्षमता बढेकाले लागत पनि वृद्धि भएर २ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यसअघि केबलकारको क्षमता प्रतिघण्टा ३ सय रहेकामा सलाई बढाएर पाँच सय पुर्याइएकाे छ ।

होटलमा ६६ कोठा  रहेकामा त्यसलाई बढाएर ८७ पुर्याइएकाे छ ।  १० तल्लाको होटलसहितको भवनमा आधुनिक भ्यूटावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुनेछ । होटलको पूर्वाधारको काम सकिएको र अहिले फिनिसिङको काम बाँकी रहेको शर्माले जानकारी दिए ।

कम्पनीले केबलकारभित्रै रेस्टुराँ सञ्चालनको तयारीसमेत गरेको छ । साँझ ५ बजेपछि केबलकारभित्रै रेस्टुराँ सञ्चालन हुनेछ । एक घण्टाका लागि २५ हजार रुपैयाँ शुल्क तिरेपछि रु १०/१५ हजार रुपैयाँ बराबरको खानाको सुविधा पनि दिइने कम्पनीले जनाइएको छ ।

“केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ । प्रत्येक दिनको खाली समय साँझ ५ बजेदेखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौं”, शर्माले भने । उनका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सकिनेछ ।

ल्याण्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइने भएकाे छ । बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडीः तथा बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेशनको पाँच तला माथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभ्याउने विश्वास गरिएको शर्माले बताए ।  यसैगरी वाटर पार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ ।

कम्लेपनीले सर्वसाधारणका लागि केबलकारको सेयर बिक्री गर्ने तयारी  पनि गरेको छ । सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँमा आइपिओ खुला गरिनेछ । बन्दीपुर गाउँपालिका–४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । केबलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ ।

आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबलकार एण्ड टुर्स प्राली, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको काम अगाडि बढाइएको हो । लगानी दाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ १ हजार १ सयभन्दा बढी लगानीकर्ता रहेका छन् ।


Read Previous

सडक सञ्जालसँग जाेडिँदै बाँकेका ग्रामीण बस्ती

Read Next

इटहरी-धरान सडक विस्तार कार्यले गति लिएन,यात्रुलाई सास्ती, ठेक्कदारलाई मस्ती   

Leave a Reply

Your email address will not be published.