Nepal Purbadhar

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

बस्न लायक सहर कसरी बनाउने ?


काठमाडौं । नेपाल पूर्वाधार सम्मेलन २०२२ को दोस्रो दिन ‘बस्न लायक नगरको लागि सहरी पूर्वाधार’ विषयमा सहरी विज्ञ तथा मेयरहरुसँग छलफल सम्पन्न भएको छ ।

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले बस्नलायक सहरी बनाउने विषय बस्नलायक घरबाट थालनी हुने बताए । ‘अहिले घरलाई राम्रो बनाउने तर सहरलाई नै बस्नलायक बनाउने प्रणालीमा जान सकेका छैनौं’ उनले भने । सहरी हरित योजना र यातायात योजना ल्याउन पनि ढिलाइ भइरहेको उनले उल्लेख गरे ।

मेयरहरुमा पनि पाँच वर्षमा आफ्नो नगरलाई कस्तो बनाउने भन्ने योजनाकै अभाव रहेको कार्याकारी निर्देशक सापकोटाको भनाइ छ । यातायात प्रणाली सुधार नगरी अन्य सूचकमा सुधार ल्याउन सके पनि धेरै विषय व्यवस्थित नहुने उनको विश्वास छ ।

अहिलेको संरचनाबाट नयाँ सहर बन्न नसक्ने र त्यसको लागि आयोजना निर्माण केन्द्रित संस्था निर्माण गर्नुपर्ने पालिकाका मेयरहरुलाई सुझाव दिए ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जनसंख्याको वृद्धिसँगै पूर्वाधारमा लगानी नहुँदा पनि समस्या आएको बताए । ‘२५ वर्ष पहिलेको संरचनालाई अहिलको आवश्यकतालाई पूरा नगर्ने अवस्था सिर्जना भएको छ’ उनले भने ।

यसललाई समाधान गर्न कि त राज्यले पूर्वाधार बनाइदिनुपर्यो, होइन भने बसाईसराइलाई रोक्न सक्नुपर्ने उनको भनाइ छ । सहरलाई बस्नलायक बनाउको लागि समयसापेक्ष नीतिगन परिवर्तन र सुरक्षाको प्रत्याभुति पनि उत्तिकै महत्वपूर्ण हुनेमा मेयर आचार्यले जोड दिए ।

अर्कोतर्फ स्थानीय सरकार समुदायसँग जोडिएर अघि बढ्नुपर्ने र छिमेकी पालिकासँग मिलेर काम गर्दा सहरलाई बस्नलायक हुने बताए । पोखरा महानगरपालिकाले ४० वटा परियोजना तय गरेको र त्यसको लागि लगानी गर्न मेयर आचार्यले आब्हान गरे ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सहरमा लगानी गर्नु मात्र पर्याप्त नहुने बताए । ‘लगानी गरेपछि के कस्तो भइरहेको छ भनेर अनुगमन अत्यावश्यक हुन्छ’ उनले भने ।

त्यस्तै, सहरी विकास बहुसरोकारयुक्त काम भएकाले सबै निकायबीच समन्वय नभएसम्म प्रभावकारी काम नहुने मेयर सिंहको भनाइ छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले डुवानको समस्या रहेको उल्लेख गरे । ‘न्यून स्रोत भएको कारण एशियाली विकास बैंकसँग सहयोग लिनेबारे छलफल भइरहेको छ’ उनले भने ।

महानगरले चक्रपथ बनाउने भनेर रेखांकन भएको छ, तर त्यो धेरै पहिले थालनी गर्ने भनिएको अझ शुरु गर्न सकिएको छैन् । ‘५ वर्षको अवधिमा न्युनतम पनि १ सय वर्षको लागि हुने दीर्घकालीन हुने गरी काम गर्न शुरु गर्नुपर्छ’ उनले भने ।

एशियाली विकास बैंक, नेपाल आवासिय मिसनका पोर्टफोलियो युनिट प्रमुख अमाउद हेकम्यानले बस्नलायक सहर भनेको त्यस्तो ठाँउ, जहाँ खुसी मिल्ने उल्लेख गरे ।

सहरी विकासमा योजना तर्जुमा साँच्चिकै महत्वपूर्ण हुने बताए । ‘त्यसले मात्र सहरलाई सही दिशातर्फ उन्मुख गराउँछ’ उनले भने । सहरी विकास भनेकै एकिकृत योजना गर्ने र त्यसैअनुसार काम गर्ने ठाँउ हो । उनले सहरी र ग्रामीण अर्थतन्त्रबारे पनि उल्लेख गर्दै दुवैलाई जोड्नुपर्ने उल्लेख गरे ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराइले पहाडी पालिकाहरुमा एउटा वडादेखि अर्को वडामा पुग्न ६ घण्टासम्म लाग्ने गरेको बताए ।

‘नगरपालिकामा चक्रपथ, हरित नगरपालिका, कृषि पर्यटन र अस्पताल निर्माण गरेपछि बस्नलाई अझ लायक हुनेछ’ उनले भने ।

यस सेसनको मोडरेशन पूर्व सचिव कृष्ण ज्ञवालीले गरेका थिए ।


Read Previous

पूर्वाधार क्षेत्रमा लगानी ल्याउन नयाँ स्रोत परिचालन गर्नुपर्छः-विज्ञ

Read Next

पूर्वाधार विकासमा सरकार: नीति, रणनीति र कार्यान्वयनकाे अवस्था

Leave a Reply

Your email address will not be published.