
Gagan Thapa visiting voting center at Barathawa,Sarlahi. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library
काठमाडौं । कांग्रेस सभापति गगनकुमार थापा काठमाडौंमा मतदान गरेर आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्र सर्लाही-४ पुगेका छन्। हेलिकप्टरबाट ११:२० मा सर्लाही पुगेका थापा विभिन्न निर्वाचन स्थलको अवलोकन गरिरहेका छन्।


उनले सर्लाहीको बरहथवा नगरपालिका, हजरीया, शिव मन्दिरलगायत मतदान स्थलमा पुगेर उनले मतसमेत मागेका छन्। तस्बिर : प्रकाश चन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी









