Nepal Purbadhar

भूपदेव शाहले राधा माविबाट मतदान गरे


अछाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रस्तावित सहमहामंत्री एवम केन्द्रीय सदस्य भूपदेव शाहले अछामको मंगलसेन नगरपालिकामा मतदान गरेका छन्।

शाहले मंगलसेन नगरपालिका–४ स्थित राधा माध्यमिक विद्यालय (राधामावि) मा रहेको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन्। उक्त मतदान केन्द्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्छ।

मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रलाई सुदृढ बनाउन नागरिकको मत महत्वपूर्ण हुने बताए। उनले सबै मतदातालाई निर्भय र उत्साहका साथ मतदानमा सहभागी हुन पनि आग्रह गरे।

हाल शाह राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हुन्। निर्वाचनलाई लक्षित गर्दै विभिन्न क्षेत्रमा मतदातासँग भेटघाट तथा छलफलमा उनी सक्रिय रहेका छन्।


Read Previous

कुलमान घिसिङले गरे मतदान, भने-जनताको विश्वासले जित्छौं

Read Next

भयरहित वातावरणमा मतदान गरौँ, कांग्रेस सबैभन्दा ठूलो दल बन्दैछ – विश्वप्रकाश शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar