Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता


काठमाडौं । नेपालमा पहिलोपटक निजी क्षेत्रको जलविद्युत आयोजनाले हाइड्रोजन उत्पादनका लागि अध्ययन प्रक्रिया अघि बढाएको छ ।
नुवाकोटमा ५ मेगावाटकाे तल्लाे तादीखाेला जलविद्युत आयाेजना निर्माण गरी सञ्चालन गरिरहेकाे बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले काठमाडौं विश्वविद्यालय (केयू)सँगकाे सहकार्यमा अध्ययन प्रक्रिया अगाडि बढाएकाे हाे ।

कम्पनी र केयुबीच शुक्रबार ग्रीन हाइड्रोजनकाे व्यापारिक उत्पादनबारे अध्ययन गर्न  सम्झौतामा हस्ताक्षर भएकाे छ । सम्झौतामा केयूका तर्फबाट स्कुल अफ इन्जिनियरिङका डीन प्रा.डा. मनिष पोखरेल, ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा. विराजसिंह थापा र एकेडेमिया इन्डष्ट्रिका संयोजक डा. राम लामा तथा कम्पनीका र्फबाट अध्यक्ष पूर्णलाल श्रेष्ठ, कार्यकारी निर्देशक बलराम खतिवडा र प्रमुख कार्यकारी अधिकृत (सीइओ) शेखरकुमार सुवेदीले हस्ताक्षर गरेका छन् ।

सम्झाैता अनुसार  नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिकामा सञ्चालनमा रहेकाे तल्लाे तादीबाट उत्पादन हुने विद्युत हाइड्रोजन उत्पादनमा प्रयोग गर्नेगरी केयूसँग मिलेर अध्ययन प्रक्रिया अघि बढाइएको बुद्धभूमि हाइड्रोपावर कम्पनीका निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)का महासचिव बलराम खतिवडाले बताए ।

‘वर्षामा विद्युत उत्पादन बढी हुने तर, खपत नबढ्दा हरेक वर्ष निजी ऊर्जा उत्पादकहरुको विद्युत खेर गइरहेको छ ,’ खतिवडाले भने, ‘यसरी खेर जाने विद्युत ग्रीन हाइड्रोजन उत्पादनमा प्रयोग गरेर हिउँदको समयमा प्रयोग गर्न सकिए धेरै विद्युत आयोजनाको वर्षाको समस्या समाधान हुन्छ ।’

दुई पक्षबीच भएको तीनबुँदे सम्झौतामा ग्रीन हाइड्रोजन उत्पादन गर्न केयूका प्रावधिकले तीन महिना सम्भाव्यता अध्ययन गर्ने र अध्यनअनुसार प्रतिवेदनका आधारमा जलविद्युत् परियोजनाको क्षमता अनुसार उत्पादन सुरु गर्ने बताइएको छ ।

सम्झौतापछि थापाले तल्लाे तादी जलविद्युत् आयोजनामा वर्षामा बढेको पानीको बहावबाट ग्रीन हाइड्रोजन उत्पादन गरी वैज्ञानिक ढंगले  सुरक्षितरुपमा जम्मा पारेर राख्ने र हिउँदमा प्रयोगमा ल्याउने गरी उत्पादन गरिने बताए । थापाले केयूलाई थप अनुसन्धान गर्न निजी क्षेत्रको जलविद्युत् आयोजनासँग भएको सम्झौताले सहज भएको र निजी क्षेत्रका अन्य हाइड्रो कम्पनीसँग सहकार्य गर्ने बाटो खुलेको पनि बताए ।

कम्पनीका अध्यक्ष श्रेष्ठले जापानमा गएर ग्रीन हाइड्रोजन उत्पादन एवं यातायातमा गरिएको प्रयोग हेरेर यसप्रति आकर्षित भई उत्पादनको योजना बनाएको बताए । उनले पहिलो चरणमा वर्षायाममा कम्पनीमा खेर जाने पानी र विजुलीबाट ग्रीन हाइड्रोजन उत्पादन गर्ने र त्यसपछि क्षमता बढाउँदै नियमितता दिने योजना रहेको पनि बताए । उत्पादन भएको हाइड्रोजनलाई सोही अवस्थामा ग्यास, एमोनिया वा अन्य सुरक्षित प्रविधिमा भण्डारण गर्ने योजना बनाइएको छ ।

केयुले पहिलाेपटक नेपालमा ग्रीन हाइड्राेजन उत्पादनकाे सम्भावनाबारे अध्ययन गरेकाे थियाे । केयुले हालै धुलिखेलस्थित विश्वविद्यालयको कम्पाउन्ड भित्रै ल्याब स्थापना गरी  ग्रीन हाइड्रोजन उत्पादन सुरु  गरी रिफ्युलिङ गरी गाडी सञ्चालन गरिसकेकाे छ । केयुकै पहलमा सरकारले ग्रीन हाइड्राेजन नीति २०८० जारी गरिसकेकाे छ । साथै, केयुले ग्रीन हाइड्राेजनकाे व्यापारिक उत्पादनमा निजी क्षेत्रकाे लगानी ल्याउन संस्थागत संरचना तथा नियम कानून बनाउन सरकार समक्ष पहल गर्दै आएकाे छ ।


Read Previous

चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने

Read Next

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

Leave a Reply

Your email address will not be published.