Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

पर्वतको पैँयूमा १३ सिँचाइ आयोजना अघि बढ्दै


पर्वत । दक्षिण पर्वतको पैँयू गाउँपालिकाले चालू आर्थिक वर्षमा १३ वटा साना सिँचाइ आयोजना निर्माणमा जाने भएका छन् । पालिकाभित्रका ७ वटै वडामा रहेका विभिन्न कृषि सहकारी, कृषक समूह, तथा समितिले सञ्चालन गरेका व्यावसायिक फार्ममा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले यस वर्ष १३ वटा योजना छनोट गरी निर्माणमा लैजाने तयारी भइरहेकाे हाे ।

सिँचाइको सुविधाबाट वञ्चित क्षेत्रका व्यावसायिक कृषकलाई यो कार्यक्रम लाभदायक हुने पैँयू गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर राजीव रिमालले जानकारी दिए । उनका अनुसार टकलाक सिँचाइ कुलो निर्माणका लागि २ लाख रुपैयाँ, त्रिवेणीको बोकेखोला गल्छिना कुलो निर्माणका लागि एक लाख रुपैयाँ, वडा नं २ को अर्नास खाद्यान्न बाली उत्पादक समूहका लागि एक लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यसैगरी, उपल्लो चालिसे सिँचाइ कुलो योजना बेउलीवासका लागि एक लाख ५० हजार रुपैयाँ, काउदी पिपलमुनि सिँचाइ कुलो बेउलीवासका लागि ५० हजार रुपैयाँ, घोप्टेखोला सिँचाइ कुलो मर्मत हुवासका लागि एक लाख रुपैयाँ विनियोजन भएको छ ।

इन्जिनियर रिमालका अनुसार झौरीखेत महने सिँचाइ कुलो निर्माणका लागि एक लाख रुपैयाँ, पिल्लेटारी सिँचाइ कुलो निर्माणका लागि एक लाख ५० हजार रुपैयाँ, ठाडेखोला सिँचाइ कुलो निर्माण भुर्तेलथोकका लागि ५० हजार रुपैयाँ, कुवादीखोला, दशमुखरे, बेलवादी फाँट सिँचाइ योजना सरौखोलाका लागि २ लाख रुपैयाँ विनियोजन भएको छ । अर्बुदखोला सिँचाइ योजनाका लागि ५० हजार रुपैयाँ, तथा भोर्लेखोला सिँचाइ योजनालाई एक लाख रुपैयाँ, र सोतीपोखरी–डाँडाखेत सिँचाइ योजनाका लागि ५० हजार रुपैयाँ विनियोजन भएको छ ।

चालू आवका लागि साना सिँचाइ योजनामा पालिकाले १४ लाख रुपैयाँ विनियोजन गरेको थियो । पालिकाले दश दिनभित्रमा योजना सम्झौता गरी निर्माण कार्य थालनी गर्ने अनुरोध गरेको छ । सबै योजना चालु आवभित्र नै सम्पन्न गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत रिमालले बताए ।

सिँचाइको सुविधा नपुगेका व्यावसायिक फार्ममा आवश्यक पानी विभिन्न स्रोतबाट उपलब्ध गराउने उद्देश्यले कृषि फार्म र कृषिसँग सरोकार राख्ने संस्थामार्फत साना सिँचाइ योजना निर्माण गर्न थालिएको पालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले बताए। उनका अनुसार माग भएका अन्य योजनालाई आगामी आवमा समावेश गरिने भएको छ । यसबाहेक साना सिँचाइका पुराना योजना मर्मतका लागि पनि पैँयू गाउँपालिकाले विभिन्न आठ वटा आयोजना छनोट गरिएको उनले बताए ।


Read Previous

पाटने खोला पुलको ६० प्रतशित निर्माण पूरा, चालू वर्षभित्रै सञ्चालनमा ल्याइने

Read Next

मर्मतका लागि मनकामना केबलकार एक दिन बन्द गरिने   

Leave a Reply

Your email address will not be published.