Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

‘विद्युत जडित क्षमता साढे २८ हजार मेगावाट पुर्याउन ३७ खर्ब लगानी आन्तरिक स्रोतबाट व्यवस्थापन गर्न सकिन्छ’


काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) का प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले सरकारको १२ वर्षमा विद्युत जडित क्षमता साढे २८ हजार मेगावाट पुर्याउने रोडम्याप कार्यान्वयन गर्न आवश्यक लगानी मध्ये ३७ खर्ब रुपैयाँ आन्तरिक स्रोतबाट व्यवस्थापन गर्न सकिने बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको ‘सेजन नलेज सिरिज’ कार्यक्रममा बोल्दै उनले स्वदेशी बैंक तथा वित्तीय संस्था,सरकारी स्वामित्वका कोष ,वित्तीय संस्था, सार्वजनिक संस्थान, निजी क्षेत्र, रेमिट्यान्स लगायतबाट यति लगानी व्यवस्थापन गर्न सकिने बताएका हुन् ।

‘साढे २८ हजार मेगावाट मध्ये ११ हजार मेगावाटको विद्युत खरिद सम्झौता भई लगानी व्यवस्थापन भएको अवस्था छ,’ उनले भने, ‘अब बाँकी साढे १७ हजार मेगावाटका लागि ४४ खर्ब रुपैयाँ लगानी आवश्यक पर्छ । जसमध्ये स्वदेशी बैंक तथा वित्तीय संस्था, सरकारी कोष लगायत सबैको अधितम लगानी क्षमता बढाउँदा ३७ खर्ब रुपैयाँ देशभित्रबाट व्यवस्थापन गर्न सकिन्छ ।’

उनले अहिले सञ्चालनमा रहेका बाणिज्य, बैंक, विकास बैंक र फाइनान्स कम्पनीमार्फत जलविद्युत तथा सौर्य विद्युत आयोजना विकासका लागि १२ खर्ब रुपैयाँ लगानी जोहो हुन सक्ने बताए । ‘बैंकहरूले अहिले कूल कर्जाको ६ प्रतिशत हाराहारीमा विद्युत आयोजनामा लगानी गरेका छन् । सन् २०३५ सम्ममा कर्जा प्रवाहलाई १० प्रतिशतमा पुर्याउँदा १२ खर्ब लगानी जुटाउन सकिन्छ ,’उनले भने ।

उनले कर्मचारी सञ्चय कोष,नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, जीवन बीमा कम्पनीहरू,निर्जीवन बीमा कम्पनीहरू, लघुबीमा कम्पनीरूबाट ७ खर्ब रुपैयाँ लगानी जोहो गर्न सकिने बताए । यस्तै, ऋणदाता संस्थाबाट ३ खर्ब, निजी क्षेत्र र सर्वसाधारणबाट २ खर्ब तथा सार्वजनिक कोषबाट १२ खर्ब रुपैयाँ लगानी व्यवस्थापन गर्न सकिने उनको भनाइ छ । अपुक लगानी विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गर्न सकिने उनले बताए ।

गौतमले विद्युत उत्पादनसँगै प्रसारण लाइन तथा वितरण प्रणालीका संरचना निर्माणमा पनि लगानी आवश्यक पर्ने र यसका लागि ५ खर्ब रुपैयाँ चाहिने बताए । उनले निजी क्षेत्रले नदी प्रवाही जलविद्युत आयोजनामा लगानी गरिरहँदा सरकारले जलाशय आयोजना र प्रसारण तथा वितरण लाइनका आयोजनामा लगानी गर्नुपर्नेमा जोड दिए ।

एचआइडिसिएलले दीगाे ऊर्जामा लगानी गर्ने नीति लिएकाले सरकारी लक्ष्य पूरा गर्न जलविद्युत, साैर्य तथा प्रसारण लाइन आयाेजनामा लगानी गर्ने उनले बताए ।

 


Read Previous

राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन : गभर्नर अधिकारी   

Read Next

कालीगण्डकी करिडोरको मालढुङ्गा-बलेवा र बलेवा-हर्मिचौर सडक खण्डमा धमाधम काम   

Leave a Reply

Your email address will not be published.