Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

भरतपुरकाे १७० बिघा खेतीयाेग्य भूमिमा डिप बाेरिङ र स्यालो ट्युबेलबाट सिँचाइ


चितवन । भरतपुर महानगरपालिका–१७ मा सिँचाइका लागि २ वटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबेल सञ्चालनमा ल्याइएकाे छ । १७० बिघा खेतीयाेग्य भूमिमा सिँचाइ सुविधा पुर्याउन यी डिप बोरिङ र स्यालाट्युबेल निर्माण गरी सञ्चालनमा ल्याइएकाे हो ।

डिप बाेरिङ र स्यालाे ट्युबेल सञ्चालनकाे बिहीबार उद्घाटन गरिएकाे छ ।  महानगरप्रमुख रेनु दाहालले एक कार्यक्रमकाबीच ती सिँचाइ आयोजनाको उद्घाटन गरेकी हुन् ।

१८ वटा स्यालो ट्युबेल निर्माणका लागि चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले एक करोड ३५ लाख रुपैयाँ र दुईवटा डिप बोरिङ निर्माणका लागि एक करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ । सिँचाइका लागि डिप बोरिङ र स्यालो ट्युबेल उद्घाटन भएसँगै स्थानीय उत्साहित भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले महानगरभित्र सिँचाइको अभावले बाली लगाउन सकिएन भन्ने अवस्था हट्दै गएको बताइन् । भरतपुरमा सञ्चालित भूमिगत र सतह सिँचाइले कृषकको मुहारमा खुसी ल्याएको उनकाे भनाइ थियो ।

“पहिलाको सुख्खाग्रस्त ठाँउ हाराभरा भएका छन् । एक बाली हुने ठाँउमा चार किसिमका बाली हुन थालेका छन् ,”उनले भनिन् । भरतपुरमा भूमिगत सिँचाइ, नारायणी लिफ्ट सिँचाइ र केरुङ्गा घोल सिँचाइ परियोजना एक साथ सञ्चालनमा आउँदा यहाँका जमिनमा बाह्रैमहिना सिँचाइ पुगेको उनले बताइन् ।

महानगर क्षेत्रभित्र सिँचाइ आयोजनाबाट ५० वटा डिप ट्युबेल, तीन सय ३० स्यालो ट्युबेल र महानगरले ७ सय बढी स्यालो ट्युबेल निर्माण गरिरहेकाे प्रमुख दाहालले जानकारी दिइन् ।

कार्यक्रममा भूमिगत सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङ्बोले भूमिगत सिँचाइका कारण भरतपुरको उत्पादनमा वृद्धि भई कृषकले मनग्य आम्दानी गर्न सफल भएकाे बताए । भरतपुरमा प्राकृतिक रुपमा मात्र सिँचाइ गरी बाली लगाउने अवस्थाको अन्त्य भएको उनकाे भनाइ थियो ।

भरतपुरमा भएका ट्युबेलले कूल ६ हजार १ सय २० बिघा क्षेत्रफलमा सिँचाइ हुने आयोजनाका प्रमुख स्याङ्बोले जानकारी दिए । उनका अनुसार यहाँका कृषकले नारायणी लिफ्ट र केरुङ्गा जल सिँचाइ आयोजनामार्फत सिँचाइ सुविधा लिइरहेका छन् ।


Read Previous

बंगलादेशसँगको विद्युत बिक्री बार्ता सकारात्मक,आउने बर्खादेखि ४० मेगावाट निर्यात गर्न सम्झौता गरिने

Read Next

बजेट अभावले महाकाली सिँचाइ आयोजनाकाे निर्माण प्रभावित   

Leave a Reply

Your email address will not be published.