Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

भासिएको कमला पुलको पुनर्निर्माण गरिने, माघबाट काम थालिने 


सिरहा । हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको भासिएको पुलको पुनर्निर्माणको कार्य आगामी माघ २ गतेदेखि सुरु हुने भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र पुल निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’बीच  आगामी असार अगावै पुलको सञ्चालन गर्ने गरी कार्ययोजना सम्झौता भएको हो ।

सम्झौताअनुसार भासिएको कमला पुलको पुनः निर्माणको काम तीव्रताका साथ हुने निर्देशनालयका योजना प्रमुख कृष्णकुमार महतोले जानकारी दिए ।

“पुल पुनः निर्माणमा विविध समस्या थिए, हामीले निर्माण कम्पनीसँग बसेर कार्ययोजना बनाएका छौं”, प्रमुख महतोले भने , “सोही कार्ययोजनाअनुसार तोकिएकै समयमा पुलको बाँकी निर्माण कार्य सम्पन्न हुन्छ ।”

कमला पुल निर्माण कम्पनीका ‘साइट इन्चार्ज’ सुदीप थापाका अनुसार वर्षा सुरु भएसँगै रोकिएको पुल पुनः निर्माणको काम गत मङ्सिरबाटै सुरु भए पनि आर्थिक संकटका कारण सुस्त रहेको थियो ।

“भासिएको ठाउँमा दुई पायल राख्नेगरी फाउन्डेसन र पाइलिङ्को काम भइरहेको छ, बीमाबाट प्राप्त गर्नुपर्ने रकम रोकिएकाले आर्थिक सङ्कट हुन गई निर्माण कार्य ढिला हुन गयो”, थापाले भने, “अब यो कार्ययोजना सम्झौताले पुल पुनः निर्माणमा तीव्रता दिने विश्वास लिएको छु ।”

२०६८ मा ३ वर्षभित्र पुल निर्माण गरिसक्ने गरि निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ सँग सम्झौता गरिएको थियो । पटक–पटक म्याद थपेर करिब १० वर्षपछि ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि निर्माणको काम तत्काललाई अनिश्चित भएको थियो ।

पुल निर्माणमा कम्पनीको लापरबाही देखिएपछि निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ लार्ई हटाएर ‘लुम्बिनी बिल्डर्स’लाई काम सम्पन्न गर्ने जिम्मेवारी दिइएको थियो । यही बीचमा २०७९ चैत १५ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका बेला वर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राविधिक टोलीसहित स्थलगत निरीक्षणपछि एक सातामा पुलको पुनः निर्माण कार्य सुरु गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका थिए ।

मन्त्री श्रेष्ठको निर्देशनपछि निर्माण कम्पनीले आगामी चैत मसान्तसम्म भासिएको पुल पुनःनिर्माण गर्ने गरी काम सुरु गरेको थियो । कमला नदीमा बढेको पानीको बहावका कारण पुल पुनःनिर्माणको काम असार नलाग्दै रोकिएको थियो । तराई मधेसको ‘लाइफ लाइन’का रूपमा हेरिएको हुलाकी लोकमार्ग मधेस प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीको राष्ट्रिय गौरवको आयोजना हो । यस लोकमार्गअन्र्तगत कमला पुल समयमा नबन्दा वर्षाैंदेखि स्थानीय सास्ती खेप्न बाध्य छन् ।


Read Previous

ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक

Read Next

हतुवागढीमा जनस्तरबाटै निर्माण भयाे १९ किलोमिटर सडक

Leave a Reply

Your email address will not be published.