Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

जब्दीघाट पुल तत्काल पुनर्निर्माण गर्न माग स्थानीयको माग


काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–४ स्थित बबई नदीको जब्दीघाटको पुल पुनर्निर्माण गर्न स्थानीयबासीले सरकारसँग माग गरेका छन् । उनीहरूले २०७४ साल साउन २८ गतेको बाढीले भासिएको तथा २०७९ सालमा आएको बाढीले प्रयोग नै गर्न नमिल्ने गरी क्षतिग्रस्त यो पुल तल्काल पुनर्निर्माण गर्न माग गरेका हुन् ।

गुलरियास्थित जब्दीघाट पुन पुनर्निर्माण जनअभियान समिति तथा राधाकृष्ण थारु जनसेवा केन्द्रले मंगलबार पत्रकार सम्मेलन गरी अर्थमन्त्रालयले पुलको पुनर्निर्माणका लागि आवश्यक बजेट निकासा गरी ६ वर्षदेखि अलपत्र अवस्थाको पुलको पुनर्निर्माण तत्काल गरिदिनु पर्ने माग राखेका छन् । सम्भव भएसम्म पुनानै स्थानमा पुलको पुनर्निमाण गरिदिनु पर्ने र यो सम्भव नभएको अवस्थामा नजिकै नयाँ पुल निर्माण गरी स्थानीयको आवत–जावत सहज बनाइदिनु पर्ने पनि उनीहरूले माग राखेका छन् ।

गुलरियाको बगही गाउँ र बारबर्दिया नगरपालिका–११ को खुन्तिपुर जोड्ने यो पुलमा बाढीले क्षति पुर्याएपछि विगत ६ वर्षदेखि प्रयोग बिहिन अवस्थामा छ । २०७४ साल साउनमा आएको बाढीले भासिएको यो पुल २०७९ असोज २० गतेको बाढीले थप क्षतिग्रस्त बनेपछि आवागमन गर्न नसकिने गरी भत्किएको थियो ।

यो पुलको पुनर्निर्माण हुन नसक्दा जब्दीघाटमा घाट ठेकेदारले सञ्चालन गरेको डुंगा र अस्थायी कच्ची काठेपुलबाट यात्रा गर्नुपर्ने स्थानीयलाई बाध्यता छ । हिउँदमा आवत–जावत गर्न सहजै भएपनि बर्खामा यसरी यात्रा गर्नु जोखिमयुक्त हुने गरेको स्थानीय बताउँछन् ।

पुल नबन्दा अस्थायी काठेपुल प्रयोग गरेबापत पटके शुल्क तिर्नुपर्ने बाध्यता छ भने विद्यार्थी, बालबालिका, गर्भवची÷सुत्केरी महिला तथा विरामीलाई आवत–जावत गर्न कठिनाई हुँदै आएको छ ।


Read Previous

स्थानीय तहले आफूखुशी कर मागेकाेप्रति इपानद्वारा संघीय मामिला मन्त्रीको ध्यानाकर्षण

Read Next

तेस्राे अन्तर्राष्ट्रिय लगानी सम्मेलन बैशाख १६ र १७ गतेका लागि सारियाे   

Leave a Reply

Your email address will not be published.