Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

सिँचाइको विद्युत् महसुल नगरपालिकाले बेहोर्ने


गोलबजार (सिराह) । सिँचाइका लागि प्रयोग हुने विद्युत्को महसुल स्थानीय तहले बेहोर्ने भएपछि यहाँका किसान खुसी भएका छन् । यहाँको खडक नगरपालिकाले किसानले खेती सिँचाइका लागि प्रयोग हुने विद्युत् महसुल बेहोर्ने निर्णय गरेपछि किसान खुसी भएको नगरप्रमुख जयप्रकाश चौधरीको भनाइ छ ।

चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुरूप कृषि सिँचाइ मिटरको बिल नगरपालिकाले भुक्तानी गर्न लागिएको उनको भनाइ छ । नगरप्रमुख चौधरीले किसानलाई प्रोत्साहन गर्न तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने उद्देश्यले ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ अन्तर्गत उक्त निर्णय गरिएको बताए ।

‘अहिलेसम्म कृषि सिँचाइको विद्युत् महसुल आफैले तिर्दै आएका थियौँ’, वडा नं १० फूलबरीयाका किसान अशोक यादवले भने, ‘अब नगरपालिकाले नै महसुल तिरिदिने भएपछि खेतीको लागत कम हुनेछ ।’

वडा नं १ सिस्वाका किसान मञ्जिलादेवी मण्डलले नगरपालिकाको उक्त निर्णयले आफूहरुलाई सहज भएको बताए । ‘समयमै वर्षा नहुँदा सिँचाइका लागि डिजेलपम्प चलाउँदा खर्च बढी हुन्थ्यो’, उनले भने, ‘सिँचाइका लागि विद्युत् निःशुल्क उपभोग गर्न पाउने भएपछि खर्च कम हुनेभएका छ ।’ खडक नगरपालिकाले सुरु गरको ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ स्थानीय सरकारले सञ्चालन गरेको योजनामध्ये नमुना भएको वडा नं ११ का सूर्यनारायण रामको भनाइ छ ।

खडक नगरकार्यपालिकाको गत मङ्सिर २६ गतेको बैठकले नगरपालिकाभित्रका सम्पूर्ण सडक बत्ती तथा कृषि सिँचाइ मिटरको बिल आगामी माघदेखि नगरपालिकाले भुक्तानी गर्ने निर्णय गरेको थियो ।

पुस मसान्तसम्मको महसुल किसान आफैँले भुक्तानी गर्ने र आगामी माघदेखिको महसुल नगरपालिकाले तिर्ने निर्णय भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रप्रसाद चौधरीले जानकारी दिए । ‘सिँचाइमा दिइने अनुदानले उत्पादन बढ्ने र किसानको आर्थिक अवस्थामा पनि सुधार आउने विश्वास लिएका छौँ’, उनले भने, ‘कृषि क्षेत्रको विकास र विस्तारका लागि नगरपालिकाले ठोस् योजनासहित अघि बढेकाे छ ।’


Read Previous

सिभिल इञ्जिनियरिङमा विद्यार्थी भरिँदै, मेकानिकलमा न्यून

Read Next

पर्यटकीय सम्पदाबाटै म्याग्दीको समृद्धि

Leave a Reply

Your email address will not be published.