Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन

सुरक्षित बसोबासका लागि ‘जोखिम संवेदनशील भू–उपयोग योजना’


वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिकाले सुरक्षित बसोबासलाई प्रोत्साहन गर्न ‘जोखिम संवेदनशील भू–उपयोग योजना’ निर्माण गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास परियोजना (युएनडिपी)को प्राविधिक सहयोगमा विषय विज्ञहरूद्वारा नगरपालिकाका १४ वटै वडामा पुगेर यन्त्र तथा उपकरणको प्रयोग गरी प्रतिवेदन निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

नगरभित्रको भूमिको बनोट, प्रयोग क्षमता, भूगोलको जोखिम संवेदनशीलतालगायत विषयलाई ध्यानमा राखेर गत वर्ष माघदेखि सम्बन्धित ठाउँमै पुगेर अध्ययनबाट प्राप्त प्रतिवेदन नगरपालिकालाई हस्तान्तरण गरिएको जोखिम विज्ञका रूपमा रहनुभएका निरोज तिमिल्सिनाले बताए ।

‘अध्ययनका क्रममा पछिल्लो १० वर्षमा ८६ प्रतिशत पहिरो अव्यवस्थितरूपमा खनिएका सडकका कारण गएको पाइएको छ’, उनले भने, ‘जमिनको अध्ययन गरी बाढी, पहिरो, भूक्षयलगायत प्रकोप हुनसक्ने सम्भावित ठाउँ पहिचान गरिएको छ ।’ विषम भौगोलिक अवस्था, जटिल भौगर्भिक बनोट, अति भिरालोपनका साथसाथै यत्रतत्र खनिएका बाटाघाटा तथा अव्यवस्थितरूपमा बढ्दै गएको बस्ती विकासका कारण जोखिम बढ्दै गएको छ ।

विपद्लाई विचार नगरी भविष्यमा गरिने विकासले ठूलो धनजनको क्षति हुने र लगानीको जोखिम पनि बढाउँछ । यसले विकास प्रक्रियामा अप्ठ्यारो पार्ने तिमिल्सिनाले बताए ।  नगरपालिकाले बहुप्रकोपीय जोखिमको न्यूनीकरण गर्दै सुरक्षित र नियोजित भू–उपयोगमार्फत अधिकतम लाभ प्राप्त गर्नुपर्ने उनले बताए ।

वालिङ नगरपालिकामा विभिन्न प्रकोपबाट भएका क्षतिको अध्ययन विश्लेषण गरी प्रकोपको प्राथमिकीकरण गर्ने, प्रकोप जोखिम सम्भाव्यताको आकलन गर्ने र जोखिमको स्तरअनुसार प्रकोप जोखिमयुक्त क्षेत्र पहिचान तथा नक्साङ्कन गर्ने उद्देश्यले जोखिम संवेदनशील भू–उपयोग योजना निर्माण गरिएको तिमिल्सिनाले बताए ।

नगरपालिकाको एकीकृत र समावेशी जोखिम संवेदनशिल भू–उपयोग योजना, भवन मापदण्ड तथा कार्यान्वयन योजनाको अध्ययन गरी कार्यपालिका बैठकबाट स्वीकृत गरिएको नगरप्रमुख कृष्ण खाणकाे भनाइ छ । वातावरणीय अध्ययनबिनाका योजना अपूरा हुने भएकाले आगामी दिनमा योजना बनाउँदा यसैलाई आधार मानेर अगाडि बढ्ने जानकरी दिए ।

‘विज्ञहरूको टोलीले अध्ययन गरी नगरपालिकालाई हस्तान्तरण गरेको प्रतिवेदन कार्यान्वयन गर्छाैं, उनले भने, ‘यसबाट विकास निर्माणका काम गर्दा हुने वातावरणीय र प्रकोपजन्य असरलाई न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास छ ।’ भौगर्भिक अध्ययनबिना गरिएका योजनाले बाढी पहिरो जाँदा जनधनको क्षति हुने गरेकाले नगरले आगामी दिनमा योजना बनाउँदा यसको विशेष ख्याल गरिने नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैह्रेले बताइन ।


Read Previous

दोदा पुल : आठ वर्षमा तीनदोदा पुल मात्रै ठडिए

Read Next

बिजुली नपुगेका घर खोज्दै गण्डकीको ऊर्जा मन्त्रालय

Leave a Reply

Your email address will not be published.