Nepal Purbadhar

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

२५ मेगावाट क्षमताको धरमनगर सोलारको पीपीए सम्पन्न


काठमाडौं । २५ मेगावाट क्षमताको धरमनगर सोलारको विद्युत खरिद सम्झौता (पीपीए) भएको छ । आइतबार नेपाल विद्युत प्राधिकरण र धरमपुर सोलार फार्मस्बीच पीपीए सम्झौता भएको हो ।

सम्झौता नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदिप थिके र धरमपुर सोलारका तर्फबाट पशुपति रिन्युयवल्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. सन्दिप शाहले हस्ताक्षर गरे । पीपीए अनुसार प्राधिकरणले उत्पादित २५ मेगावाट विद्युत् २५ वर्षसम्म खरिद गर्नेछ ।

धरमनगर सोलार फार्मस् पहिलो र दोस्रोबाट क्रमश १० र १५ मेगावाट उत्पादन गर्ने गरिनेछ । आयोजना स्थल कपिलवस्तु जिल्लाको चनौटा नजिक रहनेछ ।

वार्षिक विद्युत् उत्पादन ५० गिगावाट आवरभन्दा बढी हुनेगरी आयोजनाको डिजाइन गरिएको छ । दुईमध्ये पहिलो डिसेम्बर २०२४ र दोस्रो मार्च २०२५ भित्र उत्पादन थाल्ने अनुमान गरिएको छ ।


Read Previous

तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा

Read Next

‘सर्भिस लेन’को ढाँचा परिवर्तन गर्न बुटवल उपमहानगरको आग्रह   

Leave a Reply

Your email address will not be published.