Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

पनौती–सम्पदा चिनाउन ‘पथ प्रदर्शक’


काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको पनौतीको थप प्रचारप्रसार गर्न ‘पथ–प्रदर्शक’ प्रवद्र्धन गर्न स्थानीयस्तरबाटै प्रयास थालिएको छ । यसका लागि पनौती पर्यटन केन्द्रले पथ प्रदर्शक तयारी गर्ने उद्देश्यले पहिलो चरण २० युवालाई तालिमको सुरुआत गरेको छ ।

नगरको वडा नं ५, ६ र ७ मा एक सयभन्दा बढी ऐतिहासिक मठ–मन्दिर, पाटी–पौवा, डबली र सत्तल छन् । पनौतीमा रहेक इँटा र ढुङ्गाको महत्व रहेकाले सोहीअनुरुप ‘गाइड’ तयार पार्ने भएकाले यसले नेपालकै आन्तरिक पर्यटकसँगै भारत, चीन, फ्रान्स, बेलायत र अमेरिकाबाट आउने पर्यटकले पनौतीका बारेमा धेरैभन्दा धेरै कुरा थाहा पाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । पनौतीमा एक वर्षमा औसत १८ हजार पर्यटक आउने तथ्याङ्क छ । बाहिरबाट आउने गाइडले पनौती चिनाउँदै आएकाले स्थानीयलाई तालिमको सुरुआत गरेको केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले बताए ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)को मापदण्डको पूर्ण पालना गर्न स्थानीय घरलाई सम्पदामैत्रीरुपमा निर्माण थालिएको छ । सम्पदामैत्री घर बनाउनेलाई नगरले प्रोत्साहनस्वरुप रकमसमेत सहयोग गर्दै आएको छ । ऐतिहासिक एवं पुरातात्विक तथा संरक्षित स्मारक क्षेत्र पनौती युनेस्कोद्वारा २६ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो ।

यस्तै पनौती नगरको संरक्षित क्षेत्रअन्तर्गत ऐतिहासिक पनौती सहरमा पुरातत्व विभागले दिएको मापदण्डअनुसार सार्वजनिक बाटो, गल्ली र चोकतर्फ मोहडा फर्किएको पुरानो शैलीको घर बनाउनेलाई प्रोत्सहानस्वरुप आर्थिक सहयोग दिन थालको नगरले जनाएको छ । संरक्षित क्षेत्रअन्तर्गत हाल सम्पदामैत्री घर बनाउने सूचीकृत सङ्ख्या ८९ पुगेको छ । हालसम्म ११ घरलाई रु ९९ हजारदेखि रु तीन लाख ७८ हजारसम्म प्रोत्सहान रकम प्रदान गरिएको नगरले जनायो ।

पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । पनौती सङ्घीय राजधानी काठमाडाँैबाट पूर्वतर्फ २५ किलोमिटरको व्यापारिक नगर बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ । सरकारले हालसम्म पनौतीसहित १५ ऐतिहासिक एवं पर्यटकीयस्थललाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ । पनौती ऐतिहासिक, पर्यटकीय एवं पुरातात्विक सम्पदा क्षेत्र हो । यस हिसाबले पनौतीका हरेक टोल, चोक र मन्दिर पुरातात्विकरुपमा महत्वपुर्ण छन् ।


Read Previous

माथिल्लो बलेफी आयोजनाको पिपिएमा हस्तक्षर,२०८४ बैशाखदेखि विद्युत उत्पादन

Read Next

पिपिए खुलाउनेदेखि समस्याग्रस्त आयाेजनाकाे विद्युत उत्पादन अवधि सार्ने सम्बन्धमा चाँडै निर्णय हुन्छ:मन्त्री बस्नेत

Leave a Reply

Your email address will not be published.