Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

एमसीसी परियोजना कार्यान्वयनले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने प्रधानमन्त्रीको भनाइ


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एमसीसी परियोजनाको कार्यान्वयनले नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एमसीसी नेपाल कम्प्याक्ट थालनी भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले ऊर्जा र सडक पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान दिने उल्लेख गरे । ‘नेपालको जोड क्लिन र ग्रीण इनर्जीमा जोड छ, यही क्षेत्रमा अघि बढ्नको लागि पनि एमसीसी योजनाले सहयोग पुग्नेछ’ उनले भने ।

अर्थमन्त्री डा. प्रकास शरण महतले परियोजनाको ठेक्का प्रक्रियामा अनुमानित लागतभन्दा धेरै माग भएर आएको भए पनि त्यसलाई समाधान गरिने बताए । ‘परियोजनाको कुल म्याद ५ वर्ष छ, त्यो अवधिभित्रमा काम जसरी पनि सक्ने गरी गरिनेछ’ उनले भने ।

अर्थ मन्त्री डा. महतले आयोजनालाई समयसीमा भित्र सम्पन्न गर्नको लागि तदारुकताको साथ काम गरिने र कुनै पनि समस्या आएको खण्डमा पूर्ण प्रतिवद्धताको साथ समाधान गरी अघि बढ्ने उल्लेख गरे । ‘परियोजनालाई लिएर थालनीमा विवाद भए पनि अहिले विवादरहित रहेको र सत्तापक्ष र प्रतिपक्ष सबै राजनीतिक दलहरुसमेत सकारात्मक रहेका छन्’ उनले भने ।

एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले यो परियोजना धेरै पक्षबीचमा छलफल भएर कार्यान्वयनको चरणसम्म आएको बताइन् । ‘परियोजनाले २ करोड २० लाख मानिसलाई ऊर्जा पहुँच पु¥याउनको लागि सहयोग पुग्नेछ’ उनले भनिन ।

साथै नेपालमा उत्पादित विद्युत देशभित्र र अन्तरदेशीय व्यापारमा समेत महत्वपूर्ण भुमिका खेल्ने उल्लेख गरिन । ‘यसले मुलत एकिकृत र समावेशी विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ’ उनले भनिन । नेपाल र अमेरिकाबीच दुईपक्षीय सम्बन्ध स्थापना भएको ७५ वर्षको पुगेको र त्यसको अवसरमा यस्तो परियोजना कार्यान्वयनमा आउनु महत्वपूर्ण रहेको उल्लेख गरिन् ।

नेपालका लागि अमेरिकी राजदुत डिन रिचर्ड थोमसनले परियाजनाले नेपाली परिवार र देशको समग्र आर्थिक उन्नतीलाई सहयोग पुग्ने बताए ।

एमसीए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले परियोजना कार्यान्वयनको लागि तयारीका धेरै काम सम्पन्न भइसकेको जानकारी गराए । परियोजनाले १० हजारभन्दा धेरैलाई रोजगारी दिनेछ, परियोजना बनेपनि हुने लाभ धेरै नै ठूलो छ’ उनले भने । धेरैतिर जग्गा प्राप्तिको काम भइरहेको र केही ठाउँहरुमा सम्पन्न भइसकेको जानकारी दिए ।


Read Previous

चाडबाडमा १५ लाख यात्रुकाे आउजाउ हुने, सार्वजनिक यातायात सहज बनाउने यातायात मन्त्रीकाे भनाइ

Read Next

मुस्ताङ जाने पर्यटकलाई सधैँ बैसरी पहिरोको चुनौती

Leave a Reply

Your email address will not be published.