Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

सडक भत्काउने, नागरिकले दुख पाउने अवस्थामा टुलुटुलु हेरेर बस्दिँन– पूर्वाधार मन्त्री


काठमाडौं । राज्यका निकायबीच गतिलो समन्वय नहुुँदा दुराअवस्थामा पुगेका काठमाडौं उपत्यकाका सडक तत्काल सुधार गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कडा निर्देशन दिएका छन् ।

सवै निकायलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बोलाएर मन्त्री ज्वालाले टाइम लाइन नै तोकेर काठमाडौं उपत्यकाका सडक तत्काल सुधार गर्न निर्देशन दिएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमण कार्यालयका प्रमुख अर्जुनप्रसाद अर्यालले बताए ।

‘सडक विभागले सडक कालोपत्रे गर्छ, केही दिनमै त्यही सडकमा नेपाल विधुत प्राधिकरणले खन्छ । फेरी कालोपत्रे गरिन्छ, लगतै नेपाल टेलिकमले खन्छ, फेरी कालोपत्रे गरिन्छ, लगतै काठमाडौं उपत्यका खानेपानी लिमिटेड, ढल महाशाखालगायतले खन्छ, यसरी सडकको बेहाल भयो’, मन्त्री ज्वालाले भने, ‘सडकको यो हरिबेजोग हेरेर बस्न सकिदैन, टाइम लाइन तोकेर सडक सुधारमा लाग्नुहोस् ।’

मन्त्री ज्वालाले बोलाएको सडकसँग सम्बन्धित उच्चस्तरिय बैठकमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अधिकार सम्पन्न बाग्मति सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव तिमिल्सेना, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका रमेश केसी, ढल महाशाखाका डोलप्रसाद चापागाई, नेपाल टेलिकमका प्रतिनिधिको सहभागिता रहेको थियो । बैठकमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालको पनि सहभागिता रहेको थियो ।

मन्त्री ज्वालाको निर्देशनपछि तार र पाइपहरु अन्डर ग्राउण्डेट गरिसकेका ठाउँमा तत्काल सडक सुधार गर्ने प्रतिबद्धता जनाइएको छ । बैठकमा नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले काम सम्पन्न भएका ठाउँमा तत्काल सडक सुधार गर्ने प्रतिबद्धता जनाए ।

काठमाडौं उपत्यकाभित्र नेपाल विद्युत प्राधिकरणले ५० किलोमिटर सडकमा तार अन्डरग्राउण्ड गरिरहेको छ । ३२ वटा सडकको ५० किलोमिटरमा काम थालेपनि केही स्थानमा मात्र सम्पन्न भएको छ भने सम्पन्न भएका ठाउँमा पनि सडक सुधार गरिएको छैन । अझै ३३ सडकको ७७ किलोमिटर सडक खन्न अनुमति मागेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले १९ सडकको १७ किलोमिटरमा हाल काम गरिरहेको छ । खानेपानी लिमिटेडले पनि पाइप विछ्याएपछि सडक सुधार गरेको छैन । नेपाल टेलिकमले पनि केही सडकहरुमा टेलिफोनको तार विछ्याउने काम गरिरहेको छ ।

सडकसँग सम्बन्धित ९ निकाय गम्भीर नहुँदा नागरिकले सास्ती पाएको भन्दै मन्त्री ज्वालाले बैठकमा आक्रोस पोखे । ‘तपाईहरु काममा गम्भीर नहुँने नागरिकले दैनिक सास्ती पाइराख्ने अवस्थामा मन्त्री टुलुटुलु हेरेर बस्दैन’ मन्त्री ज्वालाले भने ‘अब म आफै सडकमा जान्छु र कामको निरक्षण गर्छु ।’


Read Previous

भेरीबबई ड्राईभर्सनको काम २ वर्षभित्र पूरा गर्न उर्जा मन्त्रीको निर्देशन

Read Next

‘सहर उज्यालो कार्यक्रम’अन्तर्गत साढे ११ हजार स्मार्ट सडक बत्ती जडान

Leave a Reply

Your email address will not be published.