Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

भेरी करिडोरको तल्लु–दुनै सडक निर्माण अलपत्र


जाजरकोट । भेरी करिडोरअन्तर्गत जाजरकोटको तल्लुदेखि डोल्पाको सदरमुकाम दुनैसम्म अस्थायी ट्र्याक खोलिएको सडक निर्माण रोकिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत ६२ किलोमिटर सडक कालोपत्रका लागि स्रोत सुनिश्चित गर्न माग गरिए पनि अर्थ मन्त्रालयले सहमति नदिँदा काम रोकिएको भेरी करिडोर सडक आयोजना कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष नै कालोपत्रका लागि रकम माग गरिए पनि अर्थ मन्त्रालयले हालसम्म सहमति नदिएकाले निर्माण अलपत्र परेको आयोजनाका प्रमुख सुजन अधिकारीले बताए । उनका अनुसार एक सय १८ किलोमिटर सडकमध्ये ५६ किलोमिटरमा ठेक्का भई कालोपत्रको काम जारी रहेको छ । जाजरकोटको पासागाडदेखि तल्लुसम्म कालोपत्रको काम यति विल्ड्रस प्रालिले गरिरहेको बाँकी ६२ किमी सडकको काम रोकिएको उनले बताएका छन् ।

चालु आवमा पनि माग गरी पठाएका छौँ । यदि अर्थले सहमति दिएर रकम निकासा भए गत आवमा विनियोजन गरिएको बजेटभन्दा चारगुणा बढी बजेट पाउने सम्भावना देखिएको छ”, प्रमुख अधिकारीले भने । उनका अनुसार गत आवमा सरकारले भेरी करिडोरका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

उक्त बजेटले जाजरकोट खलङ्गाको पासागाडदेखि तल्लुअन्तर्गत काम भइरहेको छ । रकम अभावका कारण निर्माण प्रभावित भएको गुनासो प्रमुख अधिकारीले व्यक्त गरे । तल्लुबाट त्रिपुराकोटसम्म काम सम्पन्न भए मात्रै यस सडकखण्डले पूर्णता पाउने उनको भनाइ थियो । आव २०७९÷८० मा स्रोत सुनिश्चित गरेर काम सुरु गर्ने भनिए पनि अर्थ मन्त्रालयले सहमति नदिँदा काम रोकिएको प्रमुख अधिकारीले बताए ।

यस आवमा पनि स्रोत सुनिश्चित गर्न ढिलाइ गरी काममा अवरोध गर्नु भनेको यस क्षेत्रको विकासमा बाधा पु¥याउने काम भइरहेको छ । कच्ची सडक र पुल नहुँदा अहिले यस सडकखण्डमा दैनिक यात्रा गर्न सास्ती भइरहेको डोल्पा त्रिपुराकोटका रामचन्द्र न्यौपानेको भनाइ थियो ।

भारतको रोपैडियाँ, लुम्बिनी प्रदेशको नेपालगञ्ज, कर्णालीको सुर्खेत–छिन्चु, सल्यानको सल्लीबजार, जाजरकोट, रुकुम पश्चिम, डोल्पा तथा चीनको सिमाना क्याटो, मरिम्ला यस सडकले जोड्ने उहाँले बताउनुभयो । सरकारले यसलाई प्राथमिकता राखी त्रिदेशीय सडकका रुपमा विकास गरे चीनसँगको व्यापारमा समेत सहजता आउने डोल्पालीले माग गर्दै आएका छन् ।


Read Previous

सय घन्टामा सय किमि कालोपत्र सडक

Read Next

कर्णाली करिडोर पुनः सञ्चालनमा

Leave a Reply

Your email address will not be published.