Nepal Purbadhar

महासङ्घअन्तर्गतको पर्यटन समिति विस्तार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको पर्यटन तथा हवाई यातायात समिति विस्तार भएको छ । महासङ्घमा आइतबार आयोजित एक कार्यक्रमबीच उक्त समिति विस्तार गरिएको हो ।
देशबन्धु बस्नेत (अजित) नेतृत्वको उक्त समितिमा सो समितिको उपसभापतिमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बाँस्तोला र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का निवर्तमान अध्यक्ष अच्युत गुरागाईं छन् । भूकम्प र कोरोनापछि थलिएको नेपालको पर्यटन क्षेत्रलाई उजागर गरी ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्र्याउने उद्देश्यसहित उक्त समिति विस्तार गरिएको महासङ्घले जनाएको छ ।
यसैगरी, सदस्यहरुमा होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाह, नेपाल एसोसिएसन अफ ¥याफ्टिङ (नारा) का अध्यक्ष शिव अधिकारी, नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ (एनटिभिए) का अध्यक्ष कुलप्रसाद न्यौपाने, वेष्ट रिसोर्टका प्रबन्ध निर्देशक सचिन ढकाल र पर्यटन बोर्डका तर्फबाट सिर्जना नेपाली रहेका छन् ।
समितिको आमन्त्रित सदस्यहरुमा रेस्टुरेन्ट एन्ड बार एसोसिएन (रेवान) का उपाध्यक्ष सङ्घर्ष विष्ट, पाटा नेपाल च्याप्टर अध्यक्ष विभूति चन्द ठकुरी, होटल स्टर्न स्टारका अध्यक्ष भावेशकुमार श्रेष्ठ, होटल व्यवसायी महासङ्घ नेपाल ९एचपिएफएन० का निवर्तमान अध्यक्ष अमृत भुजेल र एभरेष्ट ग्रुपका निर्देशक प्रनिल प्रधान पनि छन् ।
यस्तै, उक्त समितिको सल्लाहकारहरुमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, मेरिएट काठमाडौँका अध्यक्ष शशिकान्त अग्रवाल, लुम्बिनीका सद्भावनादूत विक्रम पाण्डे, डोल्मा फन्डअन्तर्गत प्राक्टिक टुरिजमका प्रमुख उप्पल मजुम्दर छन् । समितिका सदस्यहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्दै महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको अवस्थामा उक्त समितिले पर्यटन क्षेत्रको सुधारका साथै महासङ्घको साख उँचो बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
समितिका सभापति देशबन्धु बस्नेतले उक्त समितिले विदेशी मुद्रा भित्र्याउन महत्त्वपूर्ण भूमिका रहेको पर्यटन क्षेत्रलाई देशविदेशमा प्रचारप्रसार तथा प्रवर्द्धनात्मक कार्यक्रम गरिने बताए ।

Read Previous

धार्मिक पर्यटकको रोजाइमा नरसिंह धाम

Read Next

भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै नेपाल एयरलाइन्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar