Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

व्यापार नीतिमा महिलालाई मुख्य प्रवाहमा ल्याइँदै


काठमाडौं । व्यापार तथा यस सम्बन्धी नीतिमा महिलाहरूलाई व्यापारमा प्रोत्साहित गर्ने लैङ्गिक सोचलाई प्रवर्द्धन गर्ने उद्देश्यले सम्बन्धित नीति निर्माताको क्षमता अभिवृद्धि गर्न तथा सम्बद्ध सरोकारवालाहरूसँगको परामर्शका लागि ललितपुरमा सोमबारदेखि कार्यशाला सुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय  तथा युरोपियन युनियनको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम कार्यान्वयन गरिरहेको अन्तर्राष्टिय व्यापार केन्द्र (आइटिसी)  को शि ट्रेड इनिसियटिभ्स् (SheTrades  Initiatives) को संयुक्त आयोजनामा व्यापार तथा लैङ्गिक मूलप्रवाहीकरण कार्यशाला आयोजना भएको हो।

कार्यशालाको पहिलो दिन व्यापार र लैङ्गिक, अन्तर्राष्ट्रिय सम्मेलनहरू, र व्यापारमा महिला सहभागिता, विकल्पहरू, र नीति मार्फत महिला सशक्तिकरणका कदमहरू, र लैङ्गिक मूलप्रवाहमा अन्य देशहरूमा राम्रो अभ्यासहरू प्रवर्द्धन गर्ने उपकरणहरू सम्बन्धी प्रमुख मुद्दाहरूबारे प्रस्तुति रहेका थिए ।

साढे दुई दिने उक्त कार्यशालाले व्यापार नीतिहरूमा लैङ्गिक मूलप्रवाहलाई प्राथमिकता दिन नीति निर्माता एवं अन्य सरोकारवालाहरूलाई यसबारे बुझाउने र महिला व्यवसायिक संघहरूलाई यस सम्बन्धी नीतिगत प्रस्तावहरू तयार गर्न आवश्यक परामर्श गर्दैछ।उक्त अवसरमा आइटिसीद्धारा तयार पारिएको सि-ट्रेड आउटलुकले औल्याएका विषयहरूबारे सम्बद्ध विज्ञहरू र सरकारी निकायहरू, महिला संगठनहरू, र विकास साझेदारहरू निकायका प्रतिनिधिहरूसँग छलफल गरिँदैछ।

यस कार्यशालामा सार्वजनिक र निजी क्षेत्रका सरोकारवालाहरूका लागि आफ्ना अनुभव र  सिकेका पाठहरू आदान प्रदान गरिनुका साथै महिलाहरूको सहभागितालाई व्यापार व्यवसायमा प्रोत्साहित गर्ने उपायहरू खोजिने छ।यस अवसरमा महिला व्यवसायीहरू व्यापारमा उनीहरूको सहभागिता प्रवर्द्धन गर्ने नीतिगत प्राथमिकताहरूमा छलफल गर्नेछन् । महिला उद्यमीहरूलाई व्यापारको मुलप्रवाहमा ल्याउनको लागि कार्यशालामा महिलाहरूद्धारा नै तयार पारिने नीति दस्तावेजलाई नीति निर्माताहरू समक्ष पेश गरी कार्यान्वयनको लागि पहल गरिने छ ।

यस कार्यशालाले व्यापारमा महिलाहरूको सहभागिता बढाउन अनुकूल वातावरण सृजना गर्ने  र स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारहरूमा महिलाहरूको बढी पहुँचको लागि अवसर वृद्धि गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ । उक्त अवसरमा आईटीसीका उपकार्यकारी निर्देशक डोरोथी टेम्बोले लैङ्गिक उत्तरदायी र समावेशी व्यापार नीति नबनाई व्यापारमा महिलाको सहभागिता बढाउन नसकिने बताइन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले सार्वजनिक र निजी क्षेत्रमा महिला सहभागिता अभिवृद्धिमा नेपालले सन्तोषजनक प्रगति गरेको बताउँदै राष्ट्रिय अर्थतन्त्रमा महिलामैत्री पहललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवालाबीचको समन्वय आवश्यक रहेको बताए ।

नेपालका लागि इयु डेलिगेसनकी सहयोग उप प्रमुख इलोइसा अस्टुडिलो फर्नान्डेजले धेरै अन्तर्राष्ट्रिय महासन्धि र उपकरणहरूले महिलाहरूलाई व्यापारमा उनीहरूको भूमिकालाई प्रोत्साहन गर्न समावेशी र लैङ्गिक उत्तरदायी अवसरहरूको परिकल्पना गरेको बताउँदै महिलाहरूलाई व्यापारको मुल प्रवाहिकरणमा ल्याउन नीतिगत सुधारका लागि प्रमुख सरोकारवाला निकायहरूबीच सामूहिक प्रयासहरू गर्नुपर्ने आवश्यकतामा जोड दिइन्।

उनले समावेशी व्यापार नीति तर्जुमा र कार्यान्वयनले नेपालको अतिकम विकसित मुलुकको स्तरबाट दिगो स्तरोन्नति र दिगो विकास लक्ष्य हासिल गर्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।


Read Previous

मन्त्रालयमा बिल पुगेको १५ दिनमा सबै रकम भुक्तानी गर्न तयार छाैं : अर्थमन्त्री महत

Read Next

निर्माण व्यवसायीहरूद्वारा सडक र सिंचाई विभागमा नाराबाजी सहित धर्ना, दुवै कार्यालयमा सांकेतिक तालाबन्दी

Leave a Reply

Your email address will not be published.