Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

लाङटाङ खोलाको मुख्य सुरुङ पूरा,विद्युत उत्पादन सुरु हुन अझै ९ महिना लाग्ने


काठमाडौं ।रसुवामा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनाको मुख्य सुरुङ पूरा भएको छ । आयोजनाको ३.८ किलोमिटर लामो मुख्य सुरुङ खनेर सकिएको हो ।

निर्माण सुरु गरेको करिब २६ महिनामा आयोजनाको मुख्य सुरुङ आइतबार अपरान्ह ४ बजे छेडिएको प्रवद्र्धक मल्टी इनर्जी हाइड्रो डेभलपमेन्ट कम्पनीका प्रबन्धक जनार्दन अर्यालले बताए । उनका अनुसार खनेर सकिएको सुरुङमा अब लाइनि तथा कंक्रिटिङको काम सुरु गरिनेछ ।

‘हामीले सुरुवातबाट नै आयोजनाको निर्माण गति तीव्र पारेर काम गरिराख्यौं,’ उनले भने,‘जसले गर्दा आयोजनाको भौतिक प्रगति पनि लक्ष्यअनुसार नै अगाडि बढाउन सक्यौं।’ उनले अहिलेसम्ममा आयोजनाको संरचना निर्माणको काम करिब ८० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए ।

बाँध क्षेत्रका संरचना निर्माणको काम ९० प्रतिशत बढी सम्पन्न भइसकेको छ । बाँधमा अब एउटा वेयरको काम मात्रै बाँकी छ ।विद्युतगृहमा पनि काम भइरहेको छ । विद्युतगृहमा जडान हुने इलेक्ट्रोमेकानिकल उपकरण अहिले आयात भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अगामी महिनाबाट इलेक्ट्रिक क्रेन राखी विद्युतगृहमा उपकरण जडानको काम थालिने छ ।

अबको ८ देखि ९ महिनाभित्रमा बाँकी काम सम्पन्न गरी विद्युत उत्पादन सुरु गरिने पनि अर्यालले बताए । यसअघि निर्माण थालेको २६ महिनामा विद्युत उत्पादन गर्ने भनिए पनि प्रसारण लाइनको समस्याका कारण पहिलो तालिकाभन्दा केही ढिला गरी विद्युत उत्पादन हुने उनले बताए ।

आयोजनाको सिभिल संरचनाको काम नेपालकै वाइबा कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । पहिले यो आयोजना इपिसिएफ (इन्जिनियरिङ, प्रोक्योरमेन्ट,कन्स्ट्रक्सन एण्ड फाइनान्स) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । तर, कोभिड–१९ महामारीका कारण चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार नेपाल आउन नसकेपछि ठेक्का तोडेर फेरि नेपाली कम्पनीलाई नै निर्माणको जिम्मा दिइएको थियो ।

आयोजना सम्पन्न हुँदा ४ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा कूल लागतको २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत बैंकको ऋण लगानी छ । आयोजनामा सनराइज बैंकको अगुवाईमा ३ बैंकले कर्जा प्रवाह गरेका छन् ।

आयोजनाको निर्माण पूरा भई उत्पादन हुने विद्युत विद्युतगृहदेखि साढे ४ किलोमिटर दुरीमा निर्माणाधीन २२० केभी चिलिमे हब सबस्टेसनमा जोडिनेछ । आयोजनाको विद्युतगृहदेखि सबस्टेसनसम्म आवश्यक प्रसारण लाइन कम्पनी आफैंले निर्माण गर्दैछ ।

आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक १३३.३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । जसमध्ये सुख्खायामको उत्पादन ३४.७ गिगावाट घन्टा र बर्खायामको उत्पादन ९८.६ गिगावाट घन्टा हुने अध्ययनले देखाएको छ ।


Read Previous

पोखरामा महिनादिनमै उप्कियो कालोपत्र

Read Next

मन्त्रालयमा बिल पुगेको १५ दिनमा सबै रकम भुक्तानी गर्न तयार छाैं : अर्थमन्त्री महत

Leave a Reply

Your email address will not be published.