Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

५ हजार ७ सय ४२ सर्किट किलोमिटर विद्युत प्रसारण संरचना सञ्चालनमा


काठमाडौं । राष्ट्रिय प्रसारण प्रणालीको विद्युत प्रवाह हुने विद्युतीय प्रसारण लाइन ५ हजार ७ सय ४२ सर्किट किलोमिटर पुगेको छ । नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेको ४०० केभी, २२० केभी, १३२ केभी, ६६ केभी र ३३ केभी प्रसारण लाइनको यति सर्किट सञ्चालनमा रहेको हो ।

प्रसारण लाइनको विस्तारै भएसँगै सञ्चालनमा रहेका विभिन्न सबस्टेसनको क्षमता पनि ८ हजार ८ सय ६७ एमभिए पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार पछिल्लो २ वर्षमा मात्रै ४००/२२०/१३२ केभीको ९ सय सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न गरिएको छ ।

‘प्राधिकरणले पछिल्लो समय प्रसारण लाइन निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ,’ उनले भने,‘ठाउँ ठाउँमा समस्याका बाबजुत पनि अहिले ९ हजार ३ सय सर्किट किलोमिटरका प्रसारण लाइन निर्माणाधीन छन् ।’ उनले २०७८ पछि मात्रै देशका विभिन्न स्थानमा प्राधिकरणले २५ सय एमभिए क्षमताका १६ वटा सबस्टेसन निर्माण सम्पन्न गरेको बताए ।

थप १० हजार ५ सय एमभिए क्षमताका ५४ वटा सबस्टेसन अहिले निर्माणाधीन अवस्थामा रहेको पनि घिसिङले जानकारी दिए । प्राधिकरणले सन् २०५० सम्मको विद्युत माग प्रक्षेपण गरी काठमाडौं उपत्यका सहित देशका प्रमुख सहरहरूमा ११ वटा क्लस्टरमा विभाजन गरी प्रसारण लाइन तथा सबस्टेसन निर्माण गर्न गुरूयोजना तयार पारिएको उनले बताए ।

गुरूयोजना अनुसार नै वित्तीय स्रोत व्यवस्थापन गरी क्रमशः प्रसारण लाइन तथा सबस्टेसन निर्माणको कामलाई पनि अगाडि बढाउँदै लैजाने योजनामा प्राधिकरणले काम गर्ने उनको भनाई छ ।प्राधिकरणका अनुसार तराईमा हुलाकी राजमार्ग वरपर सहरीकरण र औद्योगिकरण बढ्दै गएकाले त्यस क्षेत्रको विद्युतको माग व्यवस्थापनका लागि ४००/२२०/१३२ केभी पूर्व–पश्चिम प्रसारण लाइन निर्माणको काम प्रारम्भ गरिएको छ ।

यस्तै, बुटवल-लमही-छिन्चु, दोदोधारा-दैची (अत्तरीया) ४०० केभी प्रसारण लाइन खण्डको विस्तृत अध्ययन गरी निर्माण चरण क्रमिकरुपमा अगाडि बढाइएको प्राधिकरणले जनाएको छ। मध्यपहाडी लोकमार्ग हुँदै जाने प्रसारण लाइनको विस्तृत अध्ययन सम्पन्‍न हुने चरणमा रहेको कार्यकारी निर्देशक घिसिङले बताए ।

उनका अनुसार अरुण हव-तिङला-दुधकोशी-ढल्केबर र अरुणहव-इनरुवा-अनारमनी ४०० केभी प्रसारण लाइनको विस्तृत अध्ययन सम्पन्‍न भई वित्तीय व्यवस्थापनको चरणमा पुगेको छ। अन्तरदेशीय प्रसारण लाइनको हकमा पनि ४०० केभी बुटवल-गोरखपुर प्रसारण लाइनको निर्माण सुरु हुने चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।

यसैगरी, पूर्वके छिमेकी चीनसँगको पहिलो ४०० केभी रातमाटे-केरुङ अन्तरदेशीय प्रसारण लाइनको अध्ययन सम्पन्‍न भएको छ।


Read Previous

पहिरोका कारण देशभरका ९ राजमार्ग अवरोध

Read Next

पोखरामा महिनादिनमै उप्कियो कालोपत्र

Leave a Reply

Your email address will not be published.