Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

गमगढी-नाक्चेलाग्ना सडक :७ वर्षमा १८ किलाेमिटर मात्रै बाटाे खाेलियाे 


मुगु । उत्तरी सिमाना चीन जोड्ने गमगढी–नाक्चेलाग्ना सडक सात वर्षमा १८ किलोमिटर मात्र बनेको छ । आर्थिक वर्ष २०६२/६३ मा विस्तृत सर्भे गरी २०७२/७३ सालबाट सो सडक निर्माण सुरुआत गरिएको थियो ।

गमगढी–नाक्चेलाग्ना सडक सरकारको उच्च प्राथकितामा नपरेपछि आवश्यक मात्रामा बजेट विनियोजन नगरिँदा सडक निर्माण कछुवाको गतिमा अघि बढेको हो । मुगु जिल्लाको मात्र नभई सिङ्गाे कर्णाली प्रदेशकै ‘लाइफ लाइन’का रूपमा रहेको सो सडक खण्ड ९६ किलोमिटर लामाे छ । थोरै मात्रामा बजेट विनियोजित गर्दा वर्षाका समयमा खनिएको सडकमाथिबाट आएको पहिरो पन्छाउन पनि अपुग हुने गरेको बताइएको छ ।

समयमै गमगढी नाक्चेलाग्ना सडक निर्माण हुन नसक्दा कर्णालीवासीको चीनसँग व्यापार गर्ने सपना अधुरै रहेको छ । नेपालका उत्तरी नाकासँग जोडिएका नाकामध्ये सबैभन्दा छोटो नाकाका रूपमा रहेको यस नाक्चेलाग्ना नाका सडक सञ्जालमा जोडिएको खण्डमा मुगुमात्र नभइ सिङ्गो कर्णाली प्रदेशलाई नै फाइदा पुग्ने विश्वास गरिएको छ ।

तत्कालीन जिल्ला विकास समितिमुगका पूर्वसभापति डिल्ली भट्टका अनुसार आफ्नो कार्यकालमा मुगुवासीको मागअनुसार यस सडकलाई उत्तरी नाकामा रहेको देश चीनसँग जोड्नका लागि आव २०६२/६३ मा विस्तृत सर्भेका लागि बोलपत्रमार्फत सर्भे गरिएकाे  थियो ।

उक्त सर्भे गर्दा सो सडकको २५ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । देश सङ्घीय संरचनामा गइसकेपछि उक्त सडक सङ्घीय सरकारको मातहतमा राखियो । यसले गर्दा केही वर्ष सडक खन्ने काम अघि बढ्न सकेन । पुनः गमगढी–नाक्चेलाग्ना सडकको ढङ्गेधारासम्म ‘डिपिआर’ गरी विसं २०७३ बाट सडक डिभिजन कार्यालय जुम्लाले बोलपत्र आह्वान गरी सडक खन्ने कामलाई अघि बढाएको थियो ।

जिल्ला समन्वय समितिका निर्वतमान संयोजक पूर्णबहादुर रोकायाले गमगढी–नाक्चेलाग्ना सडक त्रिदेशीय अन्तर्राष्ट्रियस्तरको भएर पनि संघीय सरकारले प्राथमिकतामा नराख्नु कर्णाली प्रदेशकै दुर्भाय भएकाे बताए । उनले दशकाैंदेखिकाे कर्णालीवासीको तिब्वतमा जडीबुडी, ऊन र नुनका साथै भेडा–च्याङ्ग्राको व्यापार विस्तार गर्ने सपना साँघुरिँदै गएको बताए ।

सडक डिभिजन कार्यालय जुम्लाबाट गमगढी–नाक्चेलाग्ना सडकको लागि खटिएका इन्जिनियर वीरबहादुर जिटीले संघीय सरकारले यही तरिकाबाट बजेट छुट्याउने हो भने सडक कहिले निर्माण सम्पन्न हुने हो कुनै टुङ्गो नभएकाे उनले बताए ।

सडकको लागि पर्याप्त मात्रामा बजेटको व्यवस्था गरेको खण्डमा निर्माण चाँडै सम्पन्न गर्न समस्या नरहेको पनि उनले बताए । गत आव २०७८/७९ रु चार करोड ९३ लाख सडक निर्माणमा खर्च भएको थियो भने आव २०७९/८० मा रु चार करोड ४० लाखमा खर्च भएको बताइएको छ ।

उनले गमगढीबाट मुगु कार्मारोङ गाउँपालिका–९ नजिकै रहेको छाइल सुलसुले भिरसम्म साढे १८ किलोमिटर सडक निर्माण पूरा भएकोे जानकारी दिए । हालसम्म सडक निर्माणका लागि  २० करोड रुपैयाँ बढी  बजेट खर्च भइसकेको छ । हाल सडक निर्माणको कामकाे थोदुङ क्याराभान जेभी निर्माण कम्पनीले लिएको छ ।

गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य एवं नागरिक अगुवा सन्तोषकुमार मल्ल भने,“ गमगढी–नाक्चेलाग्ना सडक निर्माण सम्पन्न गर्न संघीय सरकारले प्राथमिकतामा राख्नुपर्छ ।यसका लागि जिल्लाका जनप्रतिनिधिले आवाज उठान गर्नुपर्छ । ”


Read Previous

हेटौँडा-काठमाडौँ छोटोदुरीका सबै सडक अवरुद्ध

Read Next

मनाङको अवस्थाः ३५ किलोमिटरमा ३५ पहिरा

Leave a Reply

Your email address will not be published.