Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

ब्याजदर करिडोरको तल्लो सीमा साढे ४ प्रतिशतमा झर्याे   


काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकको ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहने निक्षेप सङ्कलन दरलाई एक प्रतिशत विन्दुले घटाएर साढे ४ प्रतिशत कायम गरेको छ । राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन, २०७९ मा  संशोधन गर्दै निक्षेप सङ्कलन दर घटाएसँगै रिपो दर पनि ०.५० प्रतिशत विन्दुले घटेको छ ।

यसअघि बाणिज्य बैंकहरूमा ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दर साढे ७ प्रतिशत, तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दर साढे ५ प्रतिशत र नीतिगत दरको रूपमा रहेको रिपो दर ७ प्रतिशत थियो ।

स्थायी तरलता सुविधा दरलाई भने साढे ७ प्रतिशतमा यथावत राखिएको छ । तर, तल्लो सीमाको रूपमा रहेको निक्षेप सङ्कलन दरलाई साढे ४ प्रतिशत पुर्याइएको छ । त्यस्तै, नीतिगत दरको रुपमा रहेको रिपो दरलाई साढे ६ प्रतिशत कायम गरिएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत् निक्षेप सङ्कलन दर र नीतिगत दर घटाउने निर्णय गरेको थियो ।


Read Previous

विदेश भ्रमणमा जाने नेपालीलाई यस्तो छ डलर सटही सुविधा   

Read Next

ऊर्जा क्षेत्रमा क्रियाशिल महिलाको नेतृत्व र सिप विकास गर्न आयोजित ९ महिने तालिम समापन

Leave a Reply

Your email address will not be published.