Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

 अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन   


भरतपुर। पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । ९ घन्टापछि आइतबार बिहानदेखि सडकखण्ड सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिबार अपराह्न ४ बजे सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । तीन एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो ।

अहिले रोकिएका सवारीसाधन र यात्रु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनले इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा पहिरो खसेपछि सवारीसाधनलाई एकतर्फि गरिएको पनि बताए । उनले मौसम र सडकको अवस्था बुझेर मात्र यस सडकखण्डको यात्रा गर्न अनुरोध गरे ।

यस सडकखण्डमा असार महिना लागेपछि पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यस सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।


Read Previous

इप्पानको ऊर्जा विकासमा सहजीकरण गर्न माग, ओलीले भने, ‘समाधान गर्न प्रयास गर्छु’

Read Next

प्राधिकरण उच्च टाेलीद्वारा बूढीगण्डकी आयाेजना अघि बढाउन निरीक्षण भ्रमण

Leave a Reply

Your email address will not be published.